• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    नेपाल कम्युनिस्ट पार्टीद्वारा कैलालीमा २२ बिगाहा जग्गा कब्जा

    29.2K
    SHARES



    कैलाली । भूमाफियाहरुमाथि नेकपाले फेरी एक्शन लिन सुरु गरेको छ । विप्लव नेतृत्वको नेकपा कैलालीले दाङका रणबहादुर शाहको नाममा रहेको गोदावरी नगरपालिका ७ स्थित २२ बिगाह जग्गा पुनः कब्जा गरेर नियन्त्रणमा लिइएको छ। जमिनदार शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर सुकुम्बासी बस्ति बसाएको थियो। शाहको स्वामित्वमा रहेको उक्त जमिन खरिदविक्रिको लागि माओवादीका नेताहरुलाई मिलाउन थुप्रै चलखेल भएपनि सुकुम्बासी बस्ति उठ्न नमानेपछि किनबेच हुन सकेको थिएन।

    पछिल्लो समय पोखराका भूमाफिया बिमल बस्यालको नाममा रहेको शौभाग्य रियलस्टेट एण्ड हाउजिङ्ग प्रा.लि.ले उक्त जमिन खरिद गरेपछि सुकुम्वासी हटाएर जग्गा खालि गराउन पुर्व माओवादी नेता कालीबहादुर खाममार्फत नेकपा नेतासंग पहल समेत गरेको थियो। तर जनयुद्धका बेला कब्जा गरिएका जमिनको सन्दर्भमा पार्टीको आठौ महाधिवेशनमा जोडतोडले उठेपछि महासचिव विप्लवले सुकम्बासीलाई उठीबास गराउने कुरामा आफ्नो पार्टी सहमत हुन नसक्ने भन्दै नेताकार्यकर्तालाई जग्गा प्रकरणमा संलग्न नहुन निर्देशन समेत दिएका थिए।

    बस्ति हटाउनेबारे नेकपासँग सहमति हुन नसके पनि २०७६ बैसाखपछि भूमाफिया बस्यालले तत्कालिन बेला नेकपाकै जनपत्रकार संगठनका केन्द्रीय सदस्य ओम हमाल मार्फत अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिस्टलाई ५ लाख रुपैयाँ दिएर उनीहरु मार्फत सुकुम्वासीलाई हटाउन भूमिका खेलाएका थिए । सुकुम्वासी हटाएर जमिन खालि गराउन भन्दै डुम्रे र हिस्ट बस्यालकै गाडीमा पोखरादेखि कैलाली पुगेर सुकुम्वासी बस्तीमा बैठक गरिरहेको भिडियो नेकपाको केन्द्रीय कार्यालयमा पुगेपछि पार्टीको निति विपरित माफियासँग पैसा खाएर गलत धन्दा गरेको भन्दै उनीहरुलाई कारवाही गरिएको थियो ।

    नेकपाले उक्त जमिन जबर्जस्ति खालि गराउने जग्गादलाल र भुमाफियामाथि कारवाही गर्ने योजना कार्यान्वयन गर्ने क्रममा २०७४ असार १२ गते धनगढीको सहिदगेट नजिक बम विस्फोट भई आन्तरिक दुर्घटना परेर नेकपा कार्यकर्ता चन्द्र बहादुर सिंह ‘सनराइज’को ज्यान समेत गएको थियो । सञ्चारकेन्द्रसँग कुरा गर्दै तत्कालीन नेकपा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनले उक्त कुराको पुष्टि समेत गरेका थिए।

    यसरी लामो समयदेखि विवादित बनेको उक्त जमिन किनबेच हुँदै गरेको सूचना पाएपछि मङ्गलबार नेकपाले पुनः कब्जा गर्दै आफ्नो पार्टीको सहमतिबिना विक्रिवितरण र उपभोग गर्न रोक लगाएको सुचनासहितको व्यानर टाँगेको छ। आफ्नो पार्टीको नियन्त्रणमा रहेको जमिनवाट जबर्जस्ति सुकुम्बासीको उठीबास गराइएको र हाल विभिन्न व्यक्तिहरूले अनधिकृत रूपमा चलखेल गर्न खोजिरहेको सुचना आएपछि पुन नियन्त्रणमा लिएर चलखेल नगर्न सुचित गरिएको नेकपा कैलालीका सेक्रेटरी दिपेन्द्र चलाउनेले सञ्चारकेन्द्रलाई जानकारी दिएका छन्।

    २०६३ सालमा सरकारसँग विस्तृत शान्तिसम्झौता गरेको माओवादीले शान्तिप्रक्रियामा आएपछि कब्जामा लिएका जग्गाजमिनलगायत सम्पत्ति फिर्ता गर्ने र जग्गाको समुचित वितरण गर्न वैज्ञानिक भूमिसुधार लागु गर्ने सहमति भएको थियो। तर सरकारले भूमाफियाको जमिन खोसेर घरबार बिहिन सुकुम्वासीलाई वितरण गर्ने बैज्ञानिक भूमिसुधार आयोग बनाएर त्यसमार्फत सहमति कार्यान्वयन गर्नुको साटो जमिन्दारलाई नै पोस्ने निति लिएका कारण यसरी पार्टीले पुनः जमिन आफ्नो कम्जामा लिनुपर्ने स्थिति आएको चलाउनेले बताए ।

    प्रकाश डुम्रे र हिम बिस्ट भूमाफियासँगै सुकुम्वासी बस्तीमा पुगेको भिडियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ