• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    प्रधानमन्त्री ओलीले २४ लाखको केक काटेर जन्मदिन मनाइरहँदा बुवा गेटमा अलपत्र (भिडियोसहित)

    51.5K
    SHARES



    प्रधानमन्त्री केपी शर्मा ओली फागुन ११ गते आफ्नो ६७ औं जन्मोत्सव मनाए । प्रधानमन्त्री ओलीले बालुवाटारमा केक काटिरहदाँ उनलाई जन्मदिने बुवा मोहनप्रसाद ओली भने गेटमा अलपत्र परेका थिए ।

    बिहिबार राती नै बालकोटस्थित घरमा केक काटेर जन्मदिन मनाएका ओलीले शुक्रबार बिहान बालुवाटारमा अर्काे केक काटेर बर्थ डे मनाएका थिए । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकलगतै ओलीले आफ्नो बर्थ डे केक काटेका हुन् । ओलीको बर्थ डे केक खान भारतीय राजदूत, चिनिया राजदूतदेखि एमाले नेता कार्यकर्ताहरुको भिड देखिन्थ्यो ।

    यसरी बालुवाटार भित्र ओलीले केक काटीरहँदा उनका बुवा मोहनप्रशाद ओली भने गेटमै अलपत्र परेका थिए । त्यहाँ खटिएका सेक्यूरिटीले समेत उनलाई प्रधानमन्त्रीका पिता भनेर नचिन्दा उनी गेटमै अन्य सर्वसाधारण नागरिक जस्तै पालो कुरेर बसेका थिए ।

    करिब सवा ९ बजे बालुवाटार प्रवेश गरेका मोहन प्रशादले केही समय प्रतिक्षालयमै विताए । त्यही समयमा केहीले उनको अन्तर्वाता लिन समेत भ्याए । सञ्चारकर्मीहरुलाई भित्र प्रवेश दिइयो त्यही मौकामा उनी पनि भित्र गए ।

    ओलीले केक काट्ने बेलासम्म उनका पितालाई भित्र प्रवेश गर्न दिइएको थिइन् । प्रधानमन्त्री पत्नीलाई सुरक्षा सहित केक काट्ने ठाउँमा लगियो त्यतीबेलासम्म पनि उनका पिता अलपत्र अवस्थामै थिए । जन्मदिनको केक काटि सक्दा समेत उनका पिताले भित्र प्रवेश पाएनन् ।

    तीन दिन अघि मात्रै झापाबाट छोराको जन्मदिनका लागि काठमाडौं आएका पिता यसरी निवासबाहिरै अलपत्र पर्नुमा दोष कसको ? के प्रधानमन्त्री बनेको छोरोले आफ्नै जन्मदिनमा बुवालाई सम्झेन ? या बुवा आफुलाई जन्मदिनको शुभकामना दिन झापाबाट काठमाडौं आएको कुरा केपी ओलीलाई थाहा थिएन ?

    देशको नेतृत्वजो जिम्मा लिएर प्रधानमन्त्री बनेका ओलीले आफ्नै बुवाको यो अवस्था देखेनन् या देखेर पनि नदेखेझैं गरे ? यो भिडियो हेर्ने आम नेपालीको मनमा यस्तै प्रश्नहरु उठेका छन् ।

    ओलीको बर्थडेमा कति खर्च ?
    प्रधानमन्त्री केपी ओली वालुवाटार प्रवेशसँगै भोजको श्रृङखला शुरु भएको थियो। तीन दिनमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासमा दुई वटा भोज दिएका थिए । फागुन ८ गते दिएका ओलीले शुक्रवार ११ गते भने आफ्नो जन्मदिनको अवसरमा भोज दिएका हुन्।

    पहिलो भोज एमाले र माओवादीविच पार्टी एकताका लागि सहमति भएको खुसीमा उनले पार्टीका नेताहरुलाई बोलाएर फागुन ७ गते भोज दिएका थिए भने प्रधानमन्त्री ओलीले दोस्रो भोज आफ्नै जन्मदिनमा दिए। आफ्नो जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीले शुक्रवार रात्रिभोज दिएका हुन्। दिउँसो भने ओलीले केक काटेर पार्टी नेता कार्यकर्ता र आफन्तहरुलाई खुवाएका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च पदमा बसेका व्यक्तिले फजुल खर्च गर्न नपाउने आचारसंहिता विपरित आफ्नो ६७ औ जन्मदिन सरकारी निवास बालुवाटारमा भव्य पार्टीका साथ मनाएका हुन् ।

    अपरान्ह ४ वजे सुरु भएको ओलीको जन्म दिनको पार्टी खान बालुवाटारमा रहेको प्रधानमन्त्रीको निजी सचिवालयको हलमा विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका नेताहरुदेखि एमाले कार्यकर्ताहरुको भीड लागेको थियाे।

    ओलीको जन्मदिन मनाउन बालुवाटारमा ५ सय जनालाई बोलाईएको सचिवालयले जनाएको छ। ओलीको भोजको अनमोल क्याटरिङले खानाको व्यवस्था गरेको थियाे।

    ओली प्रधानमन्त्री भएको दश दिनमा दिन दिनै जस्तो विभिन्न बहानामा साना ठूला भोजहरु हुदै आएको छ । पछिल्लो दश दिनमा मात्रै भोजमा करिव २५ लाख रुपैया सकिएको प्रधानमन्त्री कार्यालय स्रोतको दावी छ ।

    ओलीको जन्म दिनको भोजमा अनमोल क्याटरिङले ह्विस्की, वियर र वाइनको समेत व्यवस्था गरेको छ । भोजमा विभिन्न मन्त्रालयका दर्जनभन्दा बढि सचिवहरु समेत सहभागी थिए ।

    सरकारी निवासमा प्रधानमन्त्रीले दिने दिवाभोज, रात्रिभोज र अन्य खाजा खर्च सरकारी कोषबाट भुक्तानी हुने गर्दछ । अघिल्लो पटक सरकारको नेतृत्वमा रहँदा पनि ओलीले सरकारी कोष खर्चेर कैयन भोज दिएका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ