• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    1.1K
    SHARES



    काठमाडौँ । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

    संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि समेत अधिवेशन आह्वान गर्न सिफारिस गरिएको उनको भनाइ छ ।

    सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने उनको भनाइ छ । शिक्षकहरुले विद्यालय शिक्षा ऐन माग गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ