• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जनमत र नाउपा एकता अन्तिम चरणमा, कुन-कुन बिषयमा जुट्यो सहमति ?

    5.8K
    SHARES



    काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पार्टीको नाम, नेतृत्व संरचना, चुनाव चिह्न लगायतका विषयमा दुवै पक्ष सहमतिउन्मुख रहेको स्रोतले बतायो ।

    एकता प्रक्रियाअनुसार डा. सीके राउत एकीकृत पार्टीका अध्यक्ष बन्नेछन् भने नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सह-अध्यक्ष हुने बिषय सहमति नजिक पुगेको छ । साथै, दुई अध्यक्षीय प्रणाली अपनाई पहिलो वरियतामा राउत र दोस्रो वरियतामा श्रेष्ठ रहने विकल्पमा पनि छलफल भइरहेको छ।

    पार्टी संरक्षकका रूपमा नाउपाका संरक्षक रेशम चौधरी रहने छन्। एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने प्रस्ताव नाउपाले अघि सारेको छ, जसलाई जनमतले सकारात्मक रूपमा लिएको बताइएको छ। चुनाव चिह्नका रूपमा नाउपाको ‘ढकिया’ प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ।

    यस एकता प्रक्रियामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले समेत सकारात्मक शुभेच्छा व्यक्त गरेका छन्। भट्टराईले रेशम चौधरीलाई “तपाईंहरू अघि बढ्नुस्, म पछि आउँछु” भनेको नाउपाका नेताहरूले बताएका छन्।

    दुवै दलले ३/३ सदस्यीय कार्यदल गठन गरेर एकताको प्राविधिक र कानुनी प्रक्रियालाई अन्तिम रुप दिने तयारी गरेका छन्। जनमतका तर्फबाट अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी कार्यदलमा छन् भने नाउपाका तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा सहभागी छन्।

    गत निर्वाचनमा जनमत पार्टीले मधेसमा प्रभाव जमाएको थियो भने नाउपा सुदूरपश्चिममा बलियो रहेको थियो। प्रतिनिधिसभामा जनमतका ६ सांसद र नाउपाका ४ सांसद छन् भने प्रदेशसभामा जनमतका १३ र नाउपाका १२ सांसद छन्।

    नाउपाका संरक्षक रेशम चौधरीले सत्ता स्वार्थभन्दा माथि उठेर पहिचानवादी आन्दोलनलाई बलियो बनाउन एकता हुनुपर्ने बताएका छन्। जनमतका प्रवक्ता शरदसिंह यादवका अनुसार यो एकता राज्यसत्तासँग सशक्त रूपमा अधिकारको माग राख्न र पहिचानवादी आन्दोलनलाई मजबुत बनाउन गरिन लागेको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ