• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    298
    SHARES



    काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् ।

    बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।

    एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए ।

    दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए ।

    भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा.केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन् । शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ