• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गुणाकर भट्ट गभर्नर हुन अयोग्य रहेको दाबीसहित सर्वोच्चमा पूरक निवेदन

    2.1K
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित सर्वोच्चमा पूरक निवेदन परेको छ । शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्न लागिएकोमा उनको योग्यता नपुग्ने दाबीसहित पुरक निवेदन दिएका हुन् ।

    यसअघि उनीहरूले गभर्नर नियुक्तिमा ६५ वर्षे हदम्याद हटाउने गरी मापदण्ड संशोधन गरेको भन्दै रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै गत मंगलबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सो मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

    यसअघि दायर सोही रिटमाथि नै निवेदकहरूले पुरक निवेदन दिँदै भट्टको योग्यता नपुग्ने दाबीसहित गभर्नर नियुक्ति नगर्न माग गरिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

    चैत १८ गते अर्थ मन्त्रालयले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ संशोधन गर्दै पदाधिकारी तथा सदस्य नियुक्तिमा रहेको उमेर हद हटाएको थियो ।

    उक्त निर्णयविरुद्ध दायर रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै आइतबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । आइतबार नै पूरक निवेदनमाथि पनि सुनुवाइ हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ