• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ट्रम्पका दूतले रुसको भाषा बोलेको जेलेन्स्कीको आरोप

    1.1K
    SHARES



    किभ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको भाषा बोलेको आरोप लगाएका छन्।

    रुस र युक्रेनको युद्ध विराम भइरहेको समयमा रुसले नियन्त्रणमा राखेको पाँच राज्यको सवालमा विटकोफको धारणा आएपछि जेलेन्स्कीले सो आरोप लगाएका हुन्।

    पुटिनसँग ५ घण्टा लामो वार्ता सकिएपछि फक्स न्युजमा अन्तरवार्ता दिँदै विटकोफले युद्ध अन्त्यका लागि पाँच क्षेत्रका बारे छलफल हुने बताएका हुन्।

    बिहीबार नै राजधानी किभमा पत्रकार सम्मेलनको आयोजना गर्दै जेलेन्स्कीले विटकोफले रुसको पक्षबाट कुरा राखेको आरोप लगाए। थाहा पाएर या नपाएरै उनी रुसको पक्षमा वकालत गर्न सुरु गरेकाले यो साँच्चै डर लाग्दो अवस्था भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्।

    सन् २०२२ का फेब्रुअरीमा रुसले युक्रेन कब्जा गर्ने नीतिसहित आक्रमण गरेयता पूर्वी क्षेत्रका डोन्सटेक, लुहान्सक, झाम्पोझारिया र खेर्सनका धेरै स्थानमा रुसी सेनाले कब्जा जमाएको छ। पाँचौँ राज्यका रूपमा क्रेमिया भएको हुनसक्छ। सन् २०१४ मा क्रेमिया युक्रेनले लिएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ