• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    नेकपाको बन्दका कारण देशभरको जनजीवन ठप्प, अवज्ञा गर्ने सवारीसाधनमा तोडफोड र आगजनी

    38.2K
    SHARES



    बुटवल । 

    नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट देशभर परेको छ ।बिहानी सेवाका स्कुल, कलेजहरु ठप्प छन् । बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ ।

    मंगलबार विहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी भएको बताइएको छ ।

    त्यस्तै पाल्पाको दोभान चौकी नजिकै ट्याक्सी माथी पेट्रोल बम प्रहार भएको छ । जसकारण ट्याक्सीमा सामन्य क्षति पुगेको छ ।

    आफ्नो पार्टीका प्रवक्तासहित नेता र कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको भन्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ । प्रवक्ता प्रकाण्ड गिरफ्तार भएलगत्तै पार्टी महासचिव विप्लवले नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

    २०७५ साउन २९ मा प्रकाशित ।

    प्रतिक्रिया