• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    विप्लवका नेता-कार्यकर्ता गिरफ्तार पर्दा वैद्यले ओली-प्रचण्डलाई दिए यस्तो चेतावनी (विज्ञप्तिसहित)

    30.4K
    SHARES



    काठमाडौं ।

    नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले हालै भएको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामाथिको धरपकड र हिरासतमा राख्ने ओली-प्रचण्ड सरकारको कदमको भत्सर्ना गरेका छन् ।

    महासचिव वैद्यले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पोलिटब्यूरो सदस्य भरत बम ‘रणबीर’, पदम राई ‘विकास’लगायत नेताकार्यकर्तालाई शान्तिपूर्ण कार्यक्रमबाट हस्तक्षेप गरी गिरफ्तार गरेर सरकारले फासिवादी कदम उठाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । साथै रिहाईको माग गरिएको छ ।

    ‘शान्तिपूर्ण कार्यक्रममा भेला भइरहेको बेला नेकपासित सम्बद्ध क. असारे काका, क. पदम राई, क. भरत बमलगायतका करिब ४ दर्जन जति नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएप्रति गम्भीर ध्यानाकर्षण भएको’ जनाइएको छ ।
    कम्युनिस्ट नामधारी सरकारले गरेको यो हर्कत निरंकुशता भएको भन्दै बिनाकारण गिरफ्तार हिरासतमा राखिराखेका सबैलाई अविलम्ब रिहा गर्न उनले सरकारसँग जोडदार माग गरेका छन् । ‘आफूलाई कम्युनिष्ट तथा वाम बताउने सरकारको यस प्रकारको निन्दनीय गतिविधिको हामी कडा विरोध तथा भत्र्सना गर्दछौं’ जारी वक्तव्यमा भनिएको छ ।

    ओली सरकार फासिवादको अभ्यासमा लागेको बताउँदै राजनीतिक अधिकारलाई कुण्ठिथ गर्ने गरी गरिएको हस्तक्षेप निन्दनीय भएको बताएका छन् । ‘शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा यसरी गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यास हो’ जारी वक्तव्यमा उल्लेख छ । साथै सबै नेता कार्यकर्ताको तुरुन्त रिहा गर्न सरकारलाई चेतावनी दिइएको छ ।

    शनिबार काठमाडौंको नेपालटारस्थित ग्रामीण आदर्श कलेजबाट धु्रवीकरण कार्यक्रमस्थलबाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, पोलिटब्यूरो सदस्य भरत बम ‘रणबीर’, पदम राई ‘विकास’, केन्द्रीय सदस्य मकर गुरुङ, काठमाडौं सेक्रेटरी भृकुटी, जनगणतान्त्रिक सम्पर्क मञ्चका कैन्द्रीय हध्यक्ष रत्न मगरलगायत ५० नेता कार्यकर्तालाई घेरा हालेर गिरफ्तार गरी हिरासतमा राखिराखेको छ । साथै रिहाईको माग गरिएको छ । ‘रणबीर’लाई भने सुन्धाराबाट गिरफ्तार गरिएको थियो ।

    २०७५ असार १७ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ