• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    मुख्यमन्त्री शाहीका मुख्य सचिब जुवाको खालबाट फरार, काग्रेस नेता समातिए

    24.5K
    SHARES



    सुर्खेत २४ बैशाख ।

    सुर्खेतमा जुवा खेलिरहेका तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रनगर नगरपालिका वडा नं ९ लाटिकोईलीस्थित काग्रेस नेता कालीप्रसाद शाक्यको घरमा जुवा खेलिरहेका तिन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    बिशेष सुचनाका आधारमा सुर्खेत प्रहरीले बिरेन्द्रनगर नगरपालिका वडा नं ९ लाटिकोईली सुर्खेतका ४३ वर्षिय बल बहादुर राना, ५९ वर्षिय कालि प्रसाद शाक्य (घर धनी) र ५५ वर्षिय दान बहादुर गुरुङलाई जुवा खेलिरहेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार अनुसार जुवाडेहरु वाट रू ३४ हजार पाँच सय नगद सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासतमा राखिएको छ ।

    सोहि खालबाट कर्णालीका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकिय सचिब वीरबहादुर कुवर, शेरश पहाडीको मोबाइल बरामद गरेको श्रोतको भनाई छ । पक्राउ परेका काग्रेस नेताले आफुहरुलाई मात्र पक्राउ गरेर मुख्यमन्त्रीको सल्लाहकारलाई प्रहरीले भगाएको आरोप लगाएका छन् ।

    प्रहरीले कुवरको ९८६८३५९५१० नम्बरको मोबाएल र पैसा भने बरामद गरेको छ । यो विषयमा प्रहरीले बाकी केहि पनि बताउन चाहेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ