• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    जनगायक तथा नेकपा नेता माइला लामाले गिरफ्तार पर्नुअघि पत्रकारहरुसंग यसाे भने, भिडियाेसहित

    26.6K
    SHARES

    दिया चन्द, काठमाडाैं । १० बर्षे जनयुद्धमा निरङ्कुश राजतन्त्र र जनताको मुक्तिका निम्ति गीत गाउदै बस्ति बस्ति ब्युझाउने जनताका प्रिय कलाकार माइला लामा यतिबेला प्रहरीको नियन्त्रणमा छन् । कम्युनिष्ट आन्दोलनभित्रको एउटा चर्चित र लोकप्रिय नाम हो माइला लामा । उनै माइला लामालाई प्रहरीले गत साउन ४ गते शनिबार मध्यराति काठमाडौंको काँडाघारीबाट गिरफ्तार गरेको थियो ।

    तत्कालीन राज्य सत्ता पल्टाउने योजनासहित जनयुद्धमा होमिएका लामाले युद्धकै क्रममा एउटा आँखा र एउटा कान गुमाएका छन् । जनयुद्धमा बमको छर्रालेहरुले शारीरिकरुपमा घाइते बनाए पनि उनको सिर्जना शक्ति र देश परिवर्तनका निम्ति युवाहरुलाई जागरुक गराउने कला भने अहिले पनि उस्तै छ । गत साउनमा आफन्तलाई भेट्न काभ्रेबाट सार्वजनिक यातयात चढेर काठमाडौं आएका नेता लामालाई गिरफ्तार गर्न प्रहरीले राति साढे १२ बजेको समय पर्खिएच काँडाघारीबाट नियन्त्रणमा लिएको थियो ।

    दशबर्षे जनयुद्धमा संगै मुक्ति आन्दोलन लडेका उनका सहयात्रीहरु यतिबेला सरकारको बाघडोर सम्हालिरहेका छन् तर घाइते माइला लामालाई भने परिवर्तन र क्रान्तिकै बाटोमा हिडेको कसुरमा हातमा हतकडी लगाएर यतिबेला कारागारदेखि अदालत र अदालतदेखि कारागार पुगिरहेकाे छ प्रहरीले ।

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका ब्युरो इञ्चार्जसमेत रहेका माइला लामासहित चार जना नेतालाई बुधबार ७ महिनापछि उच्च अदालत पाटनले रिहा गर्न आदेश दियो । ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको ब’म वि’स्फो’टको घटनामा संलग्न रहेको भन्दै उनीहरुलाई पुर्पक्षाका लागि जेल पठाउने फैसला गरेको थियो ।

    तर प्रयाप्त प्रमाण नपुगेपछि र कसुर प्रमाणित हुन नसकेपछि उच्च अदालत पाटनले मालासँगै नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्यय र इश्वर परियारलाई धुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश बदर गर्दै रिहा गर्न आदेश दिएको हो ।

    जिल्ला अदालत ललितपुरको आदेशवि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको हो ।

    सोहि आदेशबमोजिम आइतबार नेता लामा, नबिन, नेतृ उपाध्यय र परियारलाई जिल्ला अदालत उपस्थित गरायो । त्यहाँ अदालती प्रक्रिया पुरा गरेर चारै जना रिहा पनि भए । तर रिहा भएको २ मिनेट पनि नबित्दै प्रहरीले उनीहरूलाई अदालत परिसरबाटै पुन: गिरफ्तार गर्यो ।

    त्यति मात्रै होइन माइला लामाहरु गिरफ्तार गरिरहेको भिडियो र फोटो खिचिरहेका पत्रकार पनि प्रहरीको निशानामा परे । क्यामेरा बोकेका पत्रकारहरुलाई प्रहरीले अपराधिलाई जस्तै गरी आफ्नो भ्यानमा बोकेर जाउलाखेल प्रहरी परिसर पुर्यायो । अहिले क्रान्तिकारी पत्रकार संगठन नेपालको पहलमा उनीहरु रिहा भएका छन् ।

    गिरफ्तार पर्नेहरुमा अथक मासिकका प्रकाशक खम्बु चन्द, अनलाइन डबली डटकमका पत्रकार धनन्जय बुढा र रेडियाे मिर्मिरेका पत्रकार शाहस भट्ट थिए ।

    गिरफ्तार पर्नुअघि अदालत परिसरमा माइला लामाले के भने ?
    अदालतले रिहा गर्न आदेश दिएलगत्तै पुन: एक हुल प्रहरीले नियन्त्रमा लिन लागेपछि उनले पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिए । त्यसक्रममा उनले अहिले सरकारमा रहेका सत्तारुढ नेकपाका मुख्य नेताहरु केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ह’त्याराको संज्ञा दिए ।

    ‘आफुलाई लोकतन्तवादी भन्ने खड्क प्रसाद ओली र प्रचण्डहरु जो १७ हजार मान्छेको हत्याकाण्डमा संग्लन छन् ति ह’त्याराहरु आज फेरी न्यायप्रेमी आवाजहरुलाई फेरी जेलमा कैद गर्ने र स्वतन्त्रताका आवाजहरुलाई दबाउने कोशिस गरिदैछ ।’ उनले भने । सामान्यतया अदालतको आदेशपछि रिहा हुनुपर्ने नियम भए पनि अहिले फेरी अदालत परिसरबाटै हतकडी लगाएर पुन: जेल लैजाने र जेलबाट पुन: हिरासत लैजाने षड्यन्त्र भैरहेको उनले प्रतिक्रिया दिए ।

    ‘सामान्यतया अदालतको रिहा गर्ने आदेशलगत्तै परिसरबाटै छोडिन्छ र उनीहरुलाई परिवारको सम्पर्कमा जानदिइन्छ ।’ उनले भने ‘तर यसपटक हामीलाई यँहाबाट पुन: जेल लैजाने, जेलपछाडी अन्य हिरासत लैजाने त्यो षड्यन्त्र र त्यो नाटकमन्चनको योजनामा अहिले हामीलाई जुन कारागारमा छौ त्यँहा लगिदैछ।’

    पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा उनले जुद्द शमशेर र मोहन शमशेरहरुले जतिबेला नेपाली जनताले प्रजान्तन्त्रको अपेक्षा गरेका थिए त्यसबेला प्रजान्त्रको पक्षमा आवाज उठाउनेहरुलाई जेलमा बन्दि गराएर वा बन्दि बनाएर उनीहरुका परिवर्तका आवाजहरुलाई थुन्ने कोशिस गरिएको थियो, अहिलेका आफुलाई लोकतन्त्रवादी भन्ने खड्क ओली र प्रचण्डले ठिक त्यसैगरी न्यायप्रेमी आवाजहरुलाई फेरी जेलमा कैद गर्ने र स्वतन्त्रताका आवाजहरुलाई दबाउने कोशिस गर्दैछन ।’नेपालका राजनीतिक दल र नेताहरुले हिजो किस्ता-किस्तामा नेपालका नदिनाला र भू-खण्ड बेचेजस्ती अहिले एमसीसीको नाममा सांसदहरु समेत पुरै नेपाललाई अमेरिकी क्रिडास्थल बनाउने षड्यन्त्रमा लागेको ठोकुवा गरे ।

    उनले अगाडि थपे -‘यहि कुरा तपाईहरुको मिडियाको सामुन्ने संक्षिप्तमा भन्न जाँगर लाग्यो । हामी सबै कुरामा कँहानेर तयार छौ भने अहिले पछिल्लोपटक हिजो किस्ता-किस्तामा नेपालका नेपालका राजनीतिक पार्टी र नेताहरुले नेपालको नदीनाला र भू-खण्डहरु भारतलाई सुम्पिए, अहिले एमसीसीमार्फत पुरै नेपाललाई अमेरिकी क्रिडास्थल बनाउने षड्यन्त्रसहित नेपाललाई पश्चिमा शक्तिको जिम्मा लाउने एउटा कुकार्यमा अहिलेका सांसदहरु समेत समावेश हुदैछन, यसक खिलाफमा सबै न्यायप्रेमी जनसमुदायहरु र सबै नागरिकहरु होमिनुपर्छ ।’ उनले आफुहरुको रिहाइका लागि पहल गर्ने वकिल, मानवाधिकारवादी, संचारकर्मी पत्रकार तथा सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ