• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    शालिकराम मृत्यु प्रकरण अत्यन्त जटिल मोडमा, शवसँगै यस्तो बस्तुसम्म भेटिएकाे खुलासा

    43K
    SHARES



    काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणमा नयाँ नयाँ तथ्य आएका छन् । नयाँ तथ्यसँगै उनको अनुसन्धान अझ जटिल बनेको छ । उसो त मानिसहरुले शालिकको आत्मह’त्या नभई हत्या हो भन्ने पनि शंका गरेका छन् । यसका बारेमा सामाजिक सञ्जालमा थुप्रै टिप्पणी भएका छन् । कसैले उनको शरिरमा निलडाम भेटिएको र फलामका रड पनि भेटिएको भन्दै प्रचार पनि गरिएको देखिन्छ । खासगरी रवि लामिछानेका शुभचिन्तकहरुले यसो भनेर उनको बचाउ गरिरहेका छन् । उनको पक्षबाट बोल्नेहरु र अपरिपक्व युट्यूबरहरुले यसलाई अझ विवादास्पद बनाउने प्रयत्न गरिरहेको देखिन्छ । शालिकको मृत्यु प्रकरणबारे प्रहरीले भने अनुसन्धान गरिरहेको छ ।

    प्रहरीले गरेको अनुसन्धानका क्रममा थुप्रै तथ्यहरु भेटिएका छन् । जुन तथ्यले शालिकको मृत्यु के कारणले भयो भन्ने अझै एकिन भइनसकेको स्रोतको दावी छ । यही क्रममा केही दिन अघि पोस्टमार्टम रिपोर्ट आएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको झुन्डिएर नै मृत्यु भएको बताइएको थियो । तर, अहिले फेरि अर्को तथ्य आएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा भएको अध्ययनबाट उनको मृत्युमा केही शंका उत्पन्न भएका छन् । विधि विज्ञान प्रयोगशालामा देखिएका तथ्य र पोस्टमार्टको रिपोर्ट समेत बाझिएको छ ।

    स्रोतका अनुसार शालिकराम पुडासैनीको शवसँगै भेटिएका सामानहरु हेर्दा उनले विष र रक्सीको प्रमाणहरु पनि भेटिएका छन् । उनले त्यो सेवन नै गरेका थिए वा कसैले नजिक हालेको थियो भन्ने एकिन हुन सकेको छैन । तर, उनको साथबाट लिएका स्याम्पल र सामानहरुबाट यो तथ्य पत्ता लागेको बताइन्छ । त्यसैले विधिविज्ञान प्रयोगशालामा पटक पटक दोहो¥याएर यसको जाँच गरिएको बताइन्छ । पोस्टमार्टम रिपोर्टमा भने यस्ता केही कुरा उल्लेख नगरिएको स्रोतको दावी छ । विधिविज्ञान प्रयोगशालामा यस्तो तथ्य देखिएपछि प्रहरीले उनले कुन कुरा पहिला गरेका थिए भन्ने पनि अध्ययन गरेको स्रोतको दावी छ ।

    त्यस्तै पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक भएको छ । कान्तिपुरमा मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश समाचारमा छ । गत वर्षको पुसबाट उनीहरूबीच सम्बन्ध सुरु भएको देखिन्छ । सम्बन्धका करिब आठ महिना अनेक उतारचढाव र घुम्तीहरूले भरिएको देखिन्छ । अस्मिताका निकट साथी र उनीहरूबीचको फेसबुक कुराकानी केलाउँदा शालिकरामले आफूलाई नर्स एकदमै मनपर्ने बताउँदै अस्मितासँग नजिकिन खोजेको देखिन्छ ।

    शालिकरामले एकपछि अर्को झूटको सहारा लिएर अस्मितालाई मायाजालमा पारेको उनीहरूको कुराकानीबाट पुष्टि हुन्छ । शालिकरामले आफ्नी पूर्वप्रेमिका पनि स्टाफ नर्स रहेको, उनी सडक दुर्घटनामा त्रिशूलीमा खसेर मरेको र उसको अनुहार पनि तिम्रो जस्तै थियो भनेर भावनात्मक कुरा गर्दै अस्मितालाई मायामा फसाएको देखिन्छ । अस्मितालाई बिहीबार र शुक्रबार थुनुवा कक्षभित्रै भेटेर लामो कुराकानी गरेकी अधिवक्ता फूलमाया रानाभाटलाई पनि अस्मिताले यही कथा सुनाएकी थिइन् ।

    अस्मिता र शालिकरामबीचको कुराकानीले पनि यही तथ्यको झलक दिन्छ । केही साताको संवादपछि शालिकराम र अस्मिताबीच प्रेमसम्बन्ध सुरु भएको देखिन्छ । आफू अविवाहित रहेको र ख्यातिप्राप्त सञ्चारकर्मी रवि लामिछानेसँग काम गर्ने भन्दै उनले आफ्नो ओजपूर्ण व्यक्तित्वलाई आधार बनाएर अस्मितासँग सम्बन्ध गाँसेको देखिन्छ । पूर्वप्रेमिकाको मृत्यु भएको भन्ने शालिकरामको कुरामा अस्मिताले बारम्बार अविश्वास गरेको पनि देखिन्छ । अस्मिताले कस्ती थिइन् त खै पूर्वप्रेमिका, फोटो पठाऊ भनेर प्रश्न गरेपछि भने शालिकराम बारम्बार तर्किएको देखिन्छ ।

    उनीहरूको कुराकानीबाट अस्मिताको प्रश्न शालिकरामले बारम्बार टार्दै आएको पुष्टि हुन्छ । आफूलाई सत्य सावित गर्न शालिकरामले एकपछि अर्को झूटको सहारा लिएका छन् । अस्मिताले बारम्बार पूर्वप्रेमिकाको फोटो मागेपछि शालिकरामले आफ्नै आफन्त पर्ने एक युवतीको तस्बिर पठाएका थिए । अन्त्यमा अस्मिताले झूट पक्रिएपछि भने शालिकरामले आफूले प्रेम गर्नकै निम्ति त्यसो गरेको र माया नगरे जे पनि गर्न सक्ने भन्दै सम्बन्धलाई निरन्तरता दिइरहे ।

    सम्बन्धको एकाध महिनापछि नै शालिकरामले अस्मितालाई बिहे गर्न दबाब दिएको देखिन्छ । उनीहरूबीच फेसबुक म्यासेन्जरमा भएको कुराकानीमा शालिकरामले कोर्ट म्यारिज गर्न अस्मितालाई बारम्बार दबाब दिँदै अनेक घुर्की लगाएको पाइन्छ । चैत ७ मा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, कोट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’ उनले यो म्यासेजमा आफूसँग रवि दाइ रिसाएको उल्लेख गरेका छन् ।

    आफ्ना दाइहरू पनि अविवाहित रहेको र आफू पनि खुट्टामा नउभिइसकेको भन्दै अस्मिताले तत्काल विवाह गर्ने प्रस्ताव अस्वीकार गरिरहेकी थिइन् । शालिकरामले कोर्ट म्यारिज नै गर्न दबाब बढाइरहे पनि अस्मिता सशंकित देखिन्छिन् । तर शालिकरामले निरन्तर उनीमाथि कोर्ट म्यारिज नगरे जे पनि हुने भन्दै दबाब दिइरहन्छन् । चैत ९ र १२ मा पनि शालिकरामले अस्मितालाई बिहे गर्न दबाब दिएका थिए । चैत १२ को म्यासेजमा लेखिएको छ, ‘आज पनि भन्छु, विवाह गरौं । जेजे हुन्छ सब म गर्छु ।’

    जवाफमा अस्मिताले विवाह गर्न समय लाग्ने भन्ने आफ्नो अडान राखेकी छन् । प्रत्युत्तरमा शालिकरामले कोर्ट म्यारिज गर्ने दबाब दिँदै त्यसका निम्ति फोटो र नागरिकता मागेको देखिन्छ । त्यसो त सम्बन्धमा आएका प्रत्येक उतारचढावमा शालिकरामले मर्ने धम्की दिँदै सम्बन्धलाई निरन्तरता दिएको देखिन्छ । पुस २८ मा पनि उनले अस्मितालाई लेखेका छन, ‘ओके, बाई । मेरो लास चाँडै देख्नेछ्यौ । अब त अति भयो, सहन सक्दिनँ ।’

    शालिकराम सम्बन्ध जसरी पनि अघि बढाउने र त्यसका निम्ति जस्तोसुकै मूल्य पनि चुकाउन तयार देखिन्छन् । जब कि शंकास्पद व्यवहार र झूटहरूको जगमा बढेको सम्बन्धका कारण आजित अस्मिताले शालिकरामसँग सम्बन्धलाई अगाडि नबढाउन बारम्बार प्रयत्न गरेको देखिन्छ । जस्तो कि माघ २ मा भएको कुराकानीमा पनि शालिकरामले बारम्बार भेट्न दबाब दिएका छन् । अस्मिताले आफू बिरामी भएकाले भेट्न नसक्ने बताइरहेकी छिन् । शालिकरामले मेरो माया चाहिँदैन भन्दै घुर्की देखाउँदै आफूसँग जसरी भए पनि भेट्न अनुरोध गरिरहेको देखिन्छ ।

    एक दिन शालिकरामले राति ९ः५५ मिनेटमा अस्मितालाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन कि घरबाहिर आउन दबाब दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाब दिएको देखिन्छ । उनले ८ बजेर ५५ देखि १० बजेर ९ मिनेटको बीचमा पठाएका चारवटा म्यासेज यस्ता छन्— कसम अब त अति भयो। तिम्रो दाइलाई भन्छु । म कसम दाइसँग कुरा गर्छु । अब जे हुन्छ हुन्छ, नत्र एक पटक फोन रिसिभ गर त । तिम्रो रुमअगाडि आएको छु । बोलाऊ, कि हर्न बजाको छु सुन । फोन रिसिभ गर । कसम गेट ढकढक गरेर नाम लिएर बोलाउन नपरोस् है ।

    शालिकरामका निम्ति अस्मितालाई दबाबमा राख्ने बलियो हतियार ‘मर्ने घुर्की’ पनि देखिन्छ । माघ २९ मा शालिकरामले विषादीको सानो बट्टा हातमा लिएको फोटो अस्मितालाई फेसबुकमा पठाएका छन् र लेखेका छन्, ‘म पागल भएको छु । अब मेरो अन्तिम कुरा यही हो ।’ यो दिन शालिकरामले आफ्नो छटपटी समेटिएका लामो व्यहोराका म्यासेज अस्मितालाई पठाएको देखिन्छ ।

    माघबाट सुरु भएको अस्मिता र शालिकरामको सम्बन्धको छटपटी त्यसपछिका महिनामा उचारचढावमा बितेको देखिन्छ । फागुन २७ मा पनि शालिकरामले अस्मितालाई भेटन बाध्य पार्न खोजेको देखिन्छ । उनले आफू अफिसअगाडि नै आएर जसरी पनि भेटिछाड्ने मनसाय राखेको प्रस्टिन्छ । शालिकरामले आफूलाई नभेटे रातको समयमा घरअघि आएर नामै लिएर बोलाउने भन्दै पनि धम्क्याएको देखिन्छ ।

    सम्बन्धको झन्डै चारपाँच महिनासम्म पनि शालिकरामले आफू विवाहित रहेको तथ्य लुकाइरहेका थिए । एक दिन कुरैकुरामा शालिकरामको मुखबाट अनयासै सम्झनाको नाम सुनेपछि अस्मिता झसंग भएकी थिइन् । सुरुमा त उनले शालिकरामकी अर्की प्रेमिका रहेको र उनको नाम सम्झना रहेको निष्कर्षमा पुगेकी थिइन् ।

    जब कि अस्मिताको यो शंकालाई शालिकरामले घरी घुर्की र घरी रुवाइले टार्दैछल्दै आएका थिए । शालिकरामको व्यवहार शंकास्पद बन्दै गएपछि उनीहरूको सम्बन्धमा उतारचढाव आएको देखिन्छ । एक दिन अस्मिताले शालिकरामको फेसबुकको ब्लक लिस्टमा सम्झना घिमिरेको नाम देखेपछि कथाले नयाँ मोड लिन्छ । अस्मिताले सम्झनासँग फेसबुकमार्फत कुरा थाल्छिन् । र सम्झनालाई उनका श्रीमान्को विवाहेतर सम्बन्धबारे बताउँछिन् ।

    सँगै आफूलाई झूट बोलेर कसरी शालिकरामले झुक्याए भन्नेबारे पनि खुलाउँछिन् । श्रीमती र प्रेमिका दुवैले आफ्ना झूट थाहा पाएपछि शालिकराम मानसिक रूपमा विक्षिप्त बनेको देखिन्छ । र, अन्तिम समयसम्म पनि आफू विवाहित रहेको कुरा झूट भएको बताउँदै अस्मितालाई घुर्की लगाइरहेको पाइन्छ । अस्मिताले शालिकराम विवाहित रहेको हो कि होइन भन्ने पुष्टि गर्न अनेक स्रोत र सम्पर्क कुराकानी गरेको देखिन्छ । उनले सम्झना शालिकरामकी साँच्चै श्रीमती हुन् वा होइनन् भन्ने पुष्टि गर्न सम्झनालाई शालिकरामसँगका फोटो पठाउन भनेको देखिन्छ ।

    यसबाट बुझिन्छ, शालिकरामले विवाहित रहेको कुरा निरन्तर इन्कार गरेपछि अस्मिता त्यसलाई प्रमाणित गर्न लागिपरेकी थिइन् । फेसबुक म्यासेन्जरमा सम्झनाले अस्मितालाई लेखेकी छिन्, ‘उसले मलाई मेरो बाटोमा कहिल्यै नआउनू भनेको छ । मैले फोटो पठाउँदा मलाई नै असर पर्छ । होस् नानु, मसँग नरिसाउनू ल । सरी पछि कुनै दिन पठाउँछु नि । अहिले चाहिँ सरी ल ।’ सम्झनाको यो म्यासेजबाट विवाहेतर सम्बन्ध श्रीमतीले थाहा पाएपछि शालिकरामले श्रीमतीलाई समेत मानसिक रूपमा धम्की दिएका थिए ।

    अस्मिताले शालिकराम विवाहित रहेको पुष्टि गर्न सम्झनालाई निकै सम्झाएर विश्वासमा लिएको देखिन्छ । कान्तिपुरले विश्वस्त स्रोतबाट प्राप्त गरेका कागजात केलाउँदा प्रस्टिन्छ, साउन ८ गतेतिर सम्झनाले शालिकरामसँग अँगालो मारेको तस्बिर अस्मितालाई पठाएकी थिइन् । अस्मिताले आफू विवाहित रहेको पुष्टि गरेपछि र विवाहेतर सम्बन्धबारे श्रीमती जानकार रहेपछि शालिकराम मानसिक रूपमा विक्षिप्त बनेको देखिन्छ । सम्बन्धको उतारचढावका बेला पनि उनले अस्मितालाई बिहे गर्न दबाब दिइरहेकै थिए ।

    कान्तिपुरसँगको कुराकानीमा शालिकराम पत्नी सम्झनाले घटनाको अघिल्लो दिन पनि अस्मितासँग आफ्नो फोनमा कुराकानी भएको बताइन् । आफ्ना पतिको विवाहेतर सम्बन्धबारे घटनाको केही दिनअघि मात्रै आफूले थाहा पाएको र अस्मितासँग फेसबुक म्यासेन्जरमा कुराकानी भएको स्विकारिन् । शालिकराम र अस्मिताबीचको फेसबुक म्यासेन्जर र सम्झनासँगको कुराकानीबाट अनेक झूटको सहारामा शालिकरामले खडा गरेको विवाहेतर प्रेम बिथोलिएपछि उनी मानसिक रूपमा विक्षिप्त बनेर चितवन गएको देखिन्छ ।

    शालिकरामले चितवन पुगेपछि पनि अस्मितालाई फेसबुकमा म्यासेज छाडेको देखिन्छ । अन्तिम म्यासेजमा उनले लेखेका छन, ‘अति भयो अब । मर्नुभन्दा अरु उपाय छैन । खुसीसँग बाँच्नू, रमाउनुहोस् हाँसीखुसी ।’ त्यसो त उनले चितवन जानुभन्दा केही दिनअघि आफू बिरामी रहेको र अस्पताल गएर जँचाई औषधि खाइरहेको भन्दै अस्पतालको जाँच पुर्जाको फोटो पठाएको देखिन्छ ।

    त्यसो त अस्मिताले जिद्दीवाल शालिकरामबाट मुक्ति पाउन अनेक व्यक्तिसँग परामर्श र सल्लाहको प्रयास गरेको पनि देखिन्छ । कान्तिपुरले गरेको अध्ययनले उनले बहराइनमा रहेका रवि लामिछाने निकट एक व्यक्ति र न्युज २४ मा कार्यरत केहीसँग शलिकरामले कसरी आफूलाई अविवाहित रहेको भनेर झुक्याएर प्रेम गरे र कसरी बिहे गर्न दबाब दिँदै मानसिक रूपमा विचलित बनाए भनेर बताएको पाइन्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ