• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    नेकपाद्वारा भदौ ९ गते चितवन बन्द आह्वान, विज्ञप्तिसहित

    20.3K
    SHARES



    समिर चन्द, काठमाडौं । विद्रोही नेपाल कम्युनिस्ट पार्टीले १ दिने चितवन बन्दको आह्वान गरेको छ । जिल्लाको राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा बनिरहेकाे प्रतिक्षालय भत्काएर ओली सरकारका केही एजेन्ट र प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आगजनी गरेको भन्दै नेकपा चितवनले त्यसको बिरोधमा आगामी ९ गते बन्द आह्वान गरेको हो ।

    जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी र जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा २०७६/५/५ गते बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर श्रमिक जनतालाई धम्क्याउने, जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्ने जस्ता कार्यको विरुद्धमा भदौ ६–७ गते प्रचार–प्रसार र मसाल जुलुस र ९ गते चितवन जिल्ला बन्दको घोषणा गर्दै पार्टीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाई सहयोग र समर्थन गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायी व्यापारी शिक्षक प्राध्यापक कर्मचारी मजदूर नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायलाई हार्दिक अनुरोधसमेत गरेका छन्

    इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता जनताको पूर्ण अधिकारकोलागि वैज्ञानिक समाजवाद स्थापना गर्न हाम्रो पार्टी आन्दोलनरत छ । जनताको सहयोग र सहकार्यले गर्दा पार्टी श्रमिक जनताको भरोसायोग्य शक्तिको रुपमा स्थापित भएको छ । दलाल भ्रष्ट, कमिशनखोर, तस्कर राष्ट्रघाती विरुद्ध संघर्ष गर्दै विगतका दिनहरुबाट जनतामाँझ आवश्यकता अनुसार विकास निर्माणका पुर्वाधारहरु (बाटो, घाटो, खानेपानी, प्रतिक्षालय) जनताको सहभागितामा हाम्रो पार्टीले बनाउँदै आइरहेको कुरा सर्वविदितै छ । यही क्रममा राप्ती नगरपालिका ओहोलेवाङमा जनताको प्रत्यक्ष सहभागितामा सहिद स्मृति प्रतिक्षालयको निर्माण अन्तिम चरणमा पुगेको अवस्था थियो । सहिद स्मृति प्रतिक्षालय निर्माणले जनतामा उत्साह र खुसी पैदा भएको थियो २०७६÷५÷५ गते दलाल सामाजिक फासिवादी सरकारको निर्देशनमा बन्चरा, आरा, गैती, घन र लाइटर बोकेका केही एजेन्ट र घुस्याहा प्रहरी, कथित भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले ओमेदानमा पुगेर श्रमिक जनतालाई धम्क्याउने काम गर्यो ।’

    जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनीगरेको भन्दै नेकपाले आफु पनि विकास नगर्ने जनताले आफ्नै श्रमबाट निर्माण गरेको बाटो पुर्वाधार भत्काउनु मुर्खतापूर्ण पागलपन शिवाय अरु केही नभएको बताएको छ । राज्यको यो बर्बर जंगली व्यवहारको जिल्ला पार्टीले घोर निन्दा र भत्र्सना गरेको विज्ञप्तिमा उल्लेख छ । ‘जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्यो । आफु पनि विकास नगर्ने जनताले आफ्नै श्रमबाट निर्माण गरेको बाटो पुर्वाधार भत्काउनु मुर्खतापूर्ण पागलपन शिवाय अरु केही हुन सक्दैन । राज्यको यो बर्बर जंगली व्यवहारको हाम्रो जिल्ला पार्टी घोर निन्दा र भत्र्सना गर्दा केही घुस्याहा एजेन्ट, प्रहरी भ्रष्ट जनप्रतिनिधिको उक्साहटमा नलाग्न राष्ट्रवादी सुरक्षाकर्मीलाई हाम्रो पार्टी अपिल गर्दछ । राज्यको ज्यादती दमन र अत्याचारको विरुद्ध हाम्रो चितवन जिल्ला पार्टीले आन्दोलनको घोषणा गरेको छ ।’

    विगतमा झै  आफ्नो पार्टीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाई सहयोग र समर्थन गरिदिन सम्पूर्ण उद्योगी व्यवसायी व्यापारी शिक्षक प्राध्यापक कर्मचारी मजदूर नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायमा अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ -‘विगतमा झै हाम्रो पार्टीले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रमलाई सहयोग र समर्थन गरिदिनुहुन सम्पूर्ण उद्योगी व्यवसायी व्यापारी शिक्षक प्राध्यापक कर्मचारी मजदूर नागरिक समाजलगायत सम्पूर्ण चितवन जिल्लावासी जनसमुदायमा हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’

    यस्तै यता नेकपा गण्डक व्युरोले व्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज रुपेशलाई प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै उक्त पार्टीले रिहाइको माग गरेको छ । गण्डक व्युरो इन्चार्ज आस्थाले शुक्रबार नै एक विज्ञप्ति जारी गरी ओली सरकार निहत्था नागरिकहरुको हत्यामा उत्रिएको भन्दै सरकारलाई ‘जन हत्यारो’ को संज्ञा दिएकी छैन । उनले केपी–पिके प्रशासनले पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, यातनादिने, झुट्टा मुद्दा लगाउने र बन्दी बनाउने कार्यको घोर विरोध गर्दै गिरफ्तार परेका रुपेश र हमाललाई बिनासर्त रिहा नगरिए कडा ढंगले योजनाबद्ध जनप्रतिरोध गर्ने चेतावनी दिएकी छिन् ।

    व्युरो इन्चार्ज आस्थाको विज्ञप्तिमा भनिएको छ, ‘सर्वहारा वर्गको पक्षमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ विप्लवको नेतृत्वमा हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको बाटोमा निरन्तर अघि बढिरहेको छ । केपी–पिके नेतृत्वको सामाजिक फासिवादी दलाल सरकारका गृह प्रशासनले नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ र जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमको सम्पादक ओम हमाललाई आज (शुक्रबार) विहान करिव ९ बजेतिर पोखराबाट गिरफ्तार गरी अमानवीय व्यवहार देखाएकोमा हाम्रो पार्टी कडा रुपमा घोर निन्दा एवंम् भत्र्सना गर्दछ ।’

    जनताको जीउधनको सुरक्षा गर्नुको साटो निहत्था नागरिकहरुको हत्यामा उत्रिदै आफुलाई समाजवादी कम्युनिस्ट सरकार भएको दावी गरिरहेको केपी–पिके मण्डली र उसका हनुमानहरुको रवैया नेपाली समाजमा बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ । यही स्थितिमा राष्ट्र र जनतामाथि लादिएका सबैखाले अत्याचारको विरोध गर्ने न्यायप्रेमी जनतामाथि वर्तमान कठपुतली दलाल सरकार सामन्य विवेकसमेत नराखी दमन थोपरिरहेको आस्थाको दावी छ ।

    इन्चार्ज आस्थाको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनताको जीउधनको सुरक्षा त कता हो कता, निहत्था नागरिकहरुको हत्यामा उत्रिदै आफुलाई समाजवादी कम्युनिस्ट सरकार भएको दावी गरिरहेको जन हत्यारो केपी–पिके मण्डली र उसका हनुमानहरुको रवैया नेपाली समाजमा बढ्दै गएको छ । यही स्थितिमा राष्ट्र र जनतामाथि लादिएका सबैखाले अत्याचारको विरोध गर्ने न्यायप्रेमी जनतामाथि वर्तमान कथपुतली दलाल सरकार सामन्य विवेकसमेत नराखी दमन थोपरिरहेको छ ।’

    सबै खाले दमन, हत्या, यातना र झुट्टा मुद्दा लगाउन रोकी गिरफ्तारनेता कार्यकर्ताहरुलाई विनासर्त रिहा गर्न चेतावनी दिएकी छिन । अन्यथा कडा ढंगले योजनाबद्ध जनप्रतिरोध गरिने र त्यसको जिम्मेवार केपी–पिके प्रशासन हुने विज्ञप्तिमा उल्लेख छ । ‘हामी संमयतापूर्वक भन्न चाहान्छौं कि, सबै खाले दमन, हत्या, यातना र झुट्टा मुद्दा लगाउन रोकी हाम्रा गिरफ्तार साथीहरुलाई विनासर्त रिहा गरियोस् अन्यथा कडा ढंगले योजनाबद्ध जनप्रतिरोध गरिने र त्यसको जिम्मेवार केपी–पिके प्रशासन हुनेछ ।’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ