• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    सार्वजनिक यातायात चढेर काठमाडौं आएका माइला लामा जब सुराकीको नजरमा परे

    62.5K
    SHARES



    दिपक बहादुर बुढा, काठमाडौं ५ साउन। कम्युनिष्ट आन्दोलनभित्रको एउटा चर्चित र लोकप्रिय नाम हो माइला लामा । शनिबार मध्यरातमा काँडाघारीबाट गिरफ्तार परेका यी माइला लामा तिनै जनवादी गायक हुन, जसले जनयुद्धकालमा निरंकुश राजतन्त्र र जनताको अधिकारका निम्ति दर्जनौं गीतहरु गाए । जनयुद्धमा गाउँ गाउँ र बस्ति बस्तिहरुलाई ब्युझाउँने माइला लामाको मिठो स्वर र संगीत अहिले पनि क्रान्तिकारीहरुले उतिक्कै रुचाउछन् । तत्कालीन राज्य सत्ता पल्टाउने योजनासहित जनयुद्धमा होमिएका लामाले युद्धकै क्रममा एउटा आँखा र एउटा कान गुमाएका छन् । जनयुद्धमा बमको छर्रालेहरुले शारीरिकरुपमा घाइते बनाए पनि उनको सिर्जना शक्ति र देश परिवर्तनका निम्ति युवाहरुलाई जागरुक गराउने कला भने अहिले पनि उस्तै छ । उनले संगीत क्षेत्रमा गला मात्रै दिएका छैनन् थुप्रै क्रान्तिकारी गीतहरु रचना गरेका छन् र त्यसमा मिठो संगीत पनि भरेका छन् ।

    विद्यार्थी जीवनबाटै गीत संगीतमा रुची राख्ने लामाले पछिल्लो समय नेकपा महासचिव विप्लवले सिर्जना गरेको ‘कसले बनायो दाजै उडिजाने रेल’ बोलको गीतमा संगीत भंरेका थिए, जसमा निर्मला घिसिङले आवाज दिएकी छन उक्त गीत निक्कै चर्चित पनि बन्यो । जनयुद्धमा दुश्मनको गोलीले घाइते बनेपछि उनले ‘शरीर मेरो घाइते छ तर विचार घाइते छैन, छाती भित्रको आस्था निभाएर निभ्ने छैन’ बोलको गीत रचना गरेका थिए जुन गीत त्यतिबेला माओवादी आन्दोलनभित्र निक्कै चर्चित बनेकी थियो ।

    त्यसपछि विप्लवले नै सिर्जना गरेको ‘हामी माओवादी बिग्रिएका छैनौँ, भत्किएका छैनौँ, ए बाबा ए आमा हामी माओवादी‘’ बोलको गीतमा पनि उनले संगीत भरे, जुन गीतलाई लामा आफैले पनि निक्कै मन पराएका थिए । शान्ति प्रक्रियापछि माओवादीमा विचलन पैदा भएपछि उनले त्यसलाई पनि गीतमा उतारे ।‘नयाँ नेपाल बनाउने भनियो चालामाला पुरानै देखियो, कांग्रेस आयो आफैँ खायो आफै लायो गयो, हेर्दा हेर्दै एमाले नै उस्तै उस्तै भयो, माओवादीले गर्ला कि भनेको जनतालाई निराशा नै पार्यो ।’ क्रान्तिकारीहरुले यो गीतलाई पनि उतिक्कै माया गरे । गीत संगीतको मध्यमबाट जनताहरुलाई शाषकहरुको अन्यायका बिरुद्ध र आफ्नो हक अधिकारका निम्ति लड्न प्रेरित गर्दै आएका लामा पटकपटक गिरफ्तार हुदैँ, छुट्दै गरेका छन् । यसअघि पनि पार्टीको चुनाव बहिष्कार अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै ०७४ साउन ३१ गते उनलाई प्रहरीले काठमाडौंबाटै गिरफ्तार गरेको थियो ।

    शनिबार भने नेता माइला लामा काभ्रेबाट काठमाडौं छिर्नेवित्तिकै गिरफ्तार परेको स्रोत बताउछ । पार्टी कामकै सिलसिलामा काभ्रेबाट सार्वजनिक यातयात चढेर काठमाडौं आएका नेता लामा सुराकीको नजरमा परे । सुराकीकै सूचनाका आधारमा उनलाई गिरफ्तार गर्न प्रहरीले शनिबार राति साढे १२ बजेको समय पर्खियो । काम सकेर सम्बन्धित ठाउँम फर्किनुअघि नै नेता लामालाई काँडाघारीमा बास बसेकै दिन घेरा हालेर प्रहरीले नियन्त्रणमा लियो ।

    प्रहरीले लामासँगै नेकपा कार्यकर्ता रेशम तामाङलाई पनि गिरफ्तार गरेको छ । गिरफ्तार गरेर दुबै जनालाई प्रहरीले टेकु पुर्‍याइएको छ ।  सरकार यतिबेला एकातिर नेकपासंग बार्ताको प्रयास भइरहेको बताउदै आएको छ भने अर्कोतिर आफ्नो काममा हिडेका नेता नेकपा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्दै हिरासतमा राखिरहेको छ । यसैबीच लामाको गिरफ्तारीपछि उनका समर्थ शुभचिन्तकहरुले सामाजिक सञ्जालमा ओली सरकारक्लो बिरोध जनाएका छन् । जनतको मुक्तिका लागि गीत गाउने जनगायक लामालाई हत्कडी किन ? भन्दै उनका फ्यानहरुले तत्काल रिहा गर्न माग गरेका छन् । प्रहरीले भने उनको साथबाट ४ वटा मोबाइल पनि बरामद भएको र तिनैको विश्लेषणमा अहिले प्रहरी अधिकृतहरु जुटेको बताएको छ ।

    पछिल्लो समय सुराकीकै सूचनाका आधारमा विद्रोही नेकपाका नेता कार्यकर्ताहरु गिरफ्तार हुने सिलसिला चलेको छ । सुराकीकै सूचनाका आधारमा नेकपा सर्लाही इन्चार्ज कुमार पौडेल, भोजपुर घर भइ ओखलढुंगा सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएका नीरकुमार राई र भोजपुरका स्थानीय जिल्ला पार्टी कार्यकर्ता तिर्थराज घिमिरेको प्रहरीले हत्या गरेको आरोप पनि मृतकका आफन्तले लगाएको सुनिन्छ । नेकपाले भने आफ्नो पार्टीका नेता कार्यकर्ताबिरुद्ध सुराकी नगर्न पटकपटक चेतावनी दिदै आएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ