• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार राजनीति

    संसदबाट विप्लवलाई ओलीको यस्तो धम्की- ‘हतियार लिएर लुरुलुरु बुझाउन आउ, नत्र जान्याछु’

    8.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका सबै गतिविधि नियन्त्रण गरेरै छाड्ने चुनौती दिएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै ओलीले धेरै सम्झाउँदा पनि विप्लव नेतृत्वको नेकपाले आफुले भनेको नमानेको बताए ।

    नेकपालाई समूहको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले भने- ‘सम्झाउदा हुँदैन भने राज्यले कानुन बमोजिम नियन्त्रण गर्छ, थाहा पाउनुपर्छ । राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’ साथै आफुले तोकेको समयभित्र खुरुक्क हतियार लिएर नबुझाए आफुले तह लगाउन जानेको धम्कि दिए । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’

    लोकतान्त्रिक अभ्यास आचरण अनुसार सबै चल्नुपर्ने भन्दै त्यसमा सरकार एकदमै दृढ रहेको उनले बताए । ‘लोकतान्त्रिक अभ्यास आचरण अनुसार सबै चल्नुपर्छ, त्यसमा सरकार एकदमै दृढ छ । अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृखला जारी रहन्छ कि भन्ने कल्पना नगरे हुन्छ, जारी राख्न सकिन्छ कि भनेर सोचेको छ भने कल्पना नगरे हुन्छ ।’

    कतिपयले दुई तिहाईको सरकार, दुई तिहाईको सरकार भन्ने गरेको भन्र्दै उनले भने, ‘दुई तिहाईको सरकार हो । जथाभावी हुन दिँदैन, संविधान कानुन अनुसार नियन्त्रण गर्छ ।’ श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए ।

    सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको पनि उनले बताए । श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए ।

    नेकपमा महासचिव विप्लवलाई के के भने प्रधानमन्त्री ओलीले ? उनकै शब्दमा जस्ताको त्यस्तै केहि अंश

    ‘विप्लव समुह भनेर चिनिने एउटा समुह हो । धेरै पल्ट हामीले आग्रह गर्यौं, मैले पनि धेरै पल्ट आग्रह गरें । तर लोकतान्त्रिक पद्धतिले भएको चुनावमा बम पड्काउने, निर्दोष मार्ने वा ज्यान मार्ने प्रयास गर्ने र चन्द होइन चन्दाको नाममा लुटपाट गरियो ।

    यस्तो नगर्न भनेर धेरै पल्ट भनियो तर भएन । त्यसपछि त्यो समुह जो कतै दर्ता छैन, जसको ठेगान छैन । त्यस समूहका आपराधिक क्रियाकलाप मात्र छन् । त्यसलाई विध्व‌ंश छोड र विध्व‌ंश बन्द गर भनेर सरकारले विध्व‌ंशमाथि निषेध गर्यो।

    विध्व‌ंश मच्चाउन पाइदैन विध्व‌ंशमाथि निषेध भन्दा कतिलाई हनहनी ज्योरो आयो । यो लोकतान्त्रिक भएन भन्ने।अनि बम पड्काउन पाउने हुन्छ लोकतन्त्रमा ? लुट्न पाउने हुन्छ लोकतन्त्रमा ? उम्मेदवार मार्न पाइन्छ ? सम्झाउनु पर्थ्यो ।

    सबैलाई थाहा हुनुपर्ने ! श्रीकृष्णलाई सम्झाउन सार्है आउथ्याे । अर्जुनलाई एकछिन सम्झाउदाखेरि गीता बन्यो । तर त्यति सम्झाउन आउने त्यतप ज्ञानको भण्डार कृष्णले देखिनेगरी औलामा चक्र घुमाएर हिड्थे । सम्झाउदा भएन भने चक्र । सम्झाउदा मात्रै पार लाग्ने भए चक्र किन बोक्थे कृष्णले ?

    रामसँग सम्झाउने असाधारण सामर्थ्य थियो । तर धनु र बाण देखिने गरी बोक्थे । सम्झाउदा हुदैन भने राज्यले कानुनबमोजिम नियन्त्रण गर्छ, थाहा पाउनुपर्छ । राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ