काठमाडौं । काठमाडौंसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज कतिपय विमानस्थलमा भिजिविलिटीको समस्या छ ।
जसले गर्दा तुम्लिङटार, भरतपुर र पोखरा विमानस्थलका उडानहरू प्रभावित भएका छन् । तुम्लिङटारमा बुद्ध एयरको निर्धारित उडान रद्द भएको छ । भरतपुरका लागि बुद्ध एयरका मात्र तीन उडान रद्द भइसकेका छन् ।
पोखराको समेत अनुकूल मौसम पर्खाइमा उडानहरू डिले भएका छन् । अन्य गन्तब्यमा भने उडान भइरहेको छ । अन्तर्राष्ट्रिय उडानहरू भने अहिले सामान्य भइरहेका छन्।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमै रोकिए
अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीहरू बल्खुमा रोकिएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ । यससँगै काठमाडौँबाट बाहिरिने सवारी साधनलाई उपत्यकामै होल्ड गरिएको छ ।
प्रतिक्रिया