• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    स्वर्णिम वाग्लेसँग छलफलपछि काठमाडौं फर्किए रवि लामिछाने

    1K
    SHARES



    काभ्रेपलाञ्चोक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा भएको भेटघाट तथा छलफलपछि काठमाडौं फर्किएका छन्।

    लामिछाने शनिबार पत्नी निकितासहित रिसोर्ट पुगेका थिए। त्यहाँ उनी रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग केही समय छलफलमा सहभागी भएका थिए। सुरक्षा स्रोतका अनुसार छलफलपछि लामिछाने काठमाडौंका लागि प्रस्थान गरेका छन् भने वाग्ले केही समयपछि फर्किने कार्यक्रम रहेको छ।

    जानकारीअनुसार अर्थमन्त्री वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट पुगेका थिए। त्यसको केहीबेरपछि सभापति लामिछाने पत्नीसहित त्यहाँ पुगेका थिए। उनीहरू वाग्लेको लगानी रहेको निजी भिल्लामा बसेर छलफल गरेका थिए।

    पछिल्लो समय सरकार र पार्टीबीचको समन्वय, राजनीतिक रणनीति तथा समसामयिक विषयलाई लिएर विभिन्न चर्चा भइरहेका बेला शीर्ष दुई नेताबीच भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, छलफलमा के–कस्ता विषयमा कुराकानी भयो भन्नेबारे रास्वपाले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया