• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मुख्य समाचार

    ओली-प्रचण्डको बार्ता प्रस्ताव विप्लवद्वारा ठाडै अस्वीकार, नेतृ शिलु गिरफ्तार परेपछि आयो यस्तो विज्ञप्ति

    34.2K
    SHARES



    ????????????????????????????????????

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले आह्वान गरेको बार्ता प्रस्ताव ठाडै अस्वीकार गरेका छन् ।  सत्ताधारीहरुले वार्ताका लागि जारी गरेको आह्वान लेपन लगाएको विषको चक्की मात्र भएको महासचिव विप्लवले बताएका छन् । विप्लवले भनेका छन्, -सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नै छैन ।’

    शुक्रबार वार्ता आह्वान गरेको सरकारले मङ्गलबार बिहान नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मङ्गलबार साँझ प्रेसविज्ञप्ति जारी गर्दै विप्लवले यस्तो प्रतिक्रिया दिएका हुन् । महासचिव विप्लवले सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नभएको कुरा विज्ञप्तिमार्फत स्पष्ट गरेका छन् ।

    नेकपाका नेता–कार्यकर्तामाथि सरकारले शृङ्खलाबद्ध रूपमा दमन, गिरफतारी बढाउँदै लगेपछि आक्रोशपूर्ण प्रतिक्रिया व्यक्त गर्दै महासचिव विप्लवले ओली-प्रचण्ड गठबन्धनमा बनेको,वाम खोल ओढेको सामाजिक फासिवादी सरकारले आफ्नो पार्टीमाथि दिनानुदिन षड्यन्त्र, दमन र गिरफ्तारीको शृङ्खला चलाइरहेको बताएका छन् ।

    उनले संविधान प्रदत्त अधिकारभित्रको शान्तिपूर्ण कार्यक्रममा पूर्ण रूपले प्रतिबन्ध लगाएको भन्दै दिनदिनै आफ्नो पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरी बेपत्ता पार्ने काम गरिरहेको बताएका छन् । उनले विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशलाई पनि लत्याउँदै विभिन्न झूट्टा मुद्दामा फसाई छानबिनका नाममा हिरासतमा राखिएका आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड, पीबीएम, सीसीएमलगायत सबै बन्दीहरूलाई तुरुन्त रिहा गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।

    आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई बिनाकारण सरकारले गिरफ्तार गरी यातना दिने कार्य गरेर आफूलाई अनावश्यक उत्तेजनामा ल्याउन खोजिरहेको भन्दै विप्लवले सरकारी हर्कतले आफूलाई उत्तेजित पार्ने नभई यसले आमजनतामा दिनप्रतिदिन यो सरकार नाङ्गिँदै गएको स्पष्ट हुने बताएका छन् । सरकारका गतिविधिले स्वाभाविक रूपमा आफ्नो पार्टी आक्रोशित भएको र क्रान्तिलाई केन्द्रबिन्दुमा राखी वैज्ञानिक समाजवाद स्थापनाको उदेश्यमा दृढ रहेको बताएका छन् । साथै गिरफ्तारी, यातना र दमनले क्रान्ति नरोकिने, बरु त्यसले अझ उर्वर बनाउने उनको भनाइ छ ।

    अहिले नेकपाका स्थायी समिति सदस्य प्रकाण्डलगायत पोलिटब्युरो सदस्यहरू पदमबहादुर राई, ओमप्रकाश पुन, कृष्ण धमला र मोहन कार्की, केन्द्रीय सदस्य तथा नेकपाका कोसी ब्युरो इन्चार्ज किरण राई, सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, देवनारायण शाह र टेकबहादुर केसी प्रहरी हिरासतमा छन् । मङ्गलबार बिहान मात्र नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई प्रहरीले काठमाडौँ बनस्थलीमा रहेको उनकै डेराबाट गिरफ्तार गरेको छ ।

    विज्ञप्तिमा उनले मानवअधिकारवादी, सञ्चारकर्मी, कानुन व्यवसायी तथा अन्य राजनीतिक दलहरूलाई सरकारको यस्तो रबैयाको भण्डाफोर गर्दै न्यायका पक्षमा उभिन आह्वानसमेत गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया