• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन मुख्य समाचार

    बालबच्चासहित श्रीमती घर छोडेर भागेपछि उजुरी दिन वडा कार्यालय पुगे बल्छी (भिडियोसहित)

    26.5K
    SHARES

    काठमाडौं । 

    हाँस्य कलाकार ‘बल्छी’ की श्रीमती घर छोडेर भागेकी छन् । बालबच्चासहित घर छोडेपछि आफू स्वास्नी पीडित भएको भन्दै वडाकार्यालयमा उजुरी समेत दिएका छन् । तर, यो गीतको भिडियोमा हो ।

    गायक रामजी खाँड र गायीका टिका पुनको आवाजमा रहेको गीत ‘स्वास्नी पीडित संघ’ गीतको भिडियोमा बल्छी स्वास्नी पीडित श्रीमानको भुमिकामा उनी आएका हुन ।

    विभिन्न कारणबाट पीडित भएका श्रीमान श्रीमतिबाट पीडित भएका मानिसहरुको प्रतिनिधित्व गर्दै गीतमा सकारात्मक सन्देशको प्रवाह गर्नको लागी गीत निमार्ण गरेको गायीका टिका पुनले बताइन । शुभ श्री गौत्तमको शब्द सिर्जना तथा मौलिक लय सिर्जनमा रहेको गीतमा अहिले बजारमा आएको गीतको तुलनामा भिन्न रुपमा प्रस्तुत गरिएको पुनको दाबी छ ।

    सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशनमा गीत रहेको छ । श्रीमान पीडित श्रीमतीको अभिनयमा आशा खड्का र श्रीमती पीडितको भुमिकामा बल्छी धुव्रेले गरेका छन् । उनलाई पल्पसा र ओम श्रेष्ठले साथ दिएका छन् ।

    हेर्नुहोस् भिडियो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ