• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ

1.3K
SHARES



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई उसले कल्पना गरेभन्दा बढी सजाय मिल्ने दाबी गरेका छन् ।

कश्मिरको हमलापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका मोदीले सजाय गरेरै छाड्ने बताए ।

‘जसले यो हमला गरेको छ । उसको हर हिसाबमा सजाय मिल्छ, मिल्छ,’ प्रधानमन्त्री मोदीले भनेका छन्, ‘उसको कल्पना भन्दा धेरै सजाय मिल्छ । सजाय मिल्छ नै ।’

उनले यो घटनापछि सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास जारी राखेको जानकारी पनि गराए । ‘यो आतंककारी हमलामा कतिले आफ्ना छोरा गुमाएका छन्, कसैले भाइ गुमाएका छन्, कतिले आफ्ना जीवनसाथी गुमाएका छन्,’ मोदीले भनेका छन् ।

उनले सिंगो देश नै एउटै आक्रोश र दुःखमा रहेको बताएका छन् । ‘यो हमला पर्यटकमाथि मात्रै भएको होइन । देशकै दुष्मनले भारतको आत्मामाथि हमला गर्ने दुस्साहस गरेका छन् ।’

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ