• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार

    नेपाल बन्द सकिएपछि विप्लवले निकाले यस्तो विज्ञप्ति, हेर्नुहोस् पूर्णपाठसहित

    110.2K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दिनप्रतिदिन फासिस्ट बन्दै गएको सरकारका बिरुद्ध सबै मिलेर अन्तिम लडाइँ लड्न जरुरी भैसकेको बताएका छन् ।

    मंगलबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले आफनो पार्टीले आह्वान गरेको नेपाल बन्दमा वक्तब्य निकालेर ऐक्यवद्धता जनाउने सवैलाई धन्यवाद समेत दिएका छन् । साथै महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लडन जरुरी भईसकेको बताएका छन् ।

    “आज साउन २९ गतेका दिन नेपाल बन्दको घोषणा गरिएको थियो । कमरेड प्रकाण्ड लगायतका जतिपनि नेता÷कार्यकर्ताहरु अहिले गिरफ्तार गरिएका छन्, ती सबै केपी-पीकेहरुले भन्दै गरेको संघीय संविधानको विपरित रहेको उनीहरुले गरेका रवैयाले पुष्टि गरेको छ । अहिले हाम्रा कमरेडहरुको गिरफ्तारीलाई लिएर चौतर्फि विरोध भैराखेको छ ।” उनले भनेका छन् ।

    बिज्ञप्तिमा अगाडी  भनिएको छ- “यसरी विरोध गर्ने संघ-संस्था, विशिष्ट व्यक्तिहरुप्रति हामी धन्यवाद दिन चाहन्छौँ । यो सामाजिक फासीवादी सरकार गठन भएदेखि नै नेपालका क्रान्तिकारी शक्तिमाथि एकोहोरो दमन चलाई राखेको छ । यो कुरा देशका देशभक्त, वामपन्थी, प्रगतिशिल शक्तिहरुले बुझ्न ढिलो गर्नु हुँदैन । दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको यो सरकार र मुलरुपमा संसदीय व्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लड्न पनि जरुरी भैसकेको छ ।”

    गत मंगलबार २२ गते नेकपा प्रवक्ता प्रकाण्डसहित ३ नजनालाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको थियो भने त्यसअघि पनि पार्टीका पोलिटब्युरो र केन्द्रीय सदस्यसहित सयौं नेता क्कार्यकर्ताहरुलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ