• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

लेबनानमा इजरायली आक्रमण- ३५ बालबालिकासहित ४ सय ९२ जनाको मृत्यु

1.9K
SHARES



बेरुत । इजरायलले लेबनानमा सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरेर गरेको हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो ।

मृत्यु हुनेमा ३५ जना बालबालिका र ५८ जना महिला समेत रहेको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । यी आक्रमणहरूमा अरू १ हजार ६४५ जना घाइते भएका छन् । इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरेको बताइएको छ ।

आक्रमणमा परेर हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् । इजरायली सेनाका अनुसार हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको थियो । यसमा दुई जना घाइते भएका छन् ।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुहरूबिचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशहरूले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । यो द्वन्द्व ठुलो युद्धमा परिणत हुने हो कि भनेर विश्वभरका नेताहरू चिन्तित छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ