• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    राज्यले खेलकुदमा लगानी बढाउनुपर्ने अवस्था आएको छ : प्रचण्ड

    481
    SHARES



    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा एकपछि अर्को सफलता प्राप्त गर्दै गएपछि राज्यले पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने पूर्वप्रधानमन्त्रीको धारणा छ ।

    प्रचण्डले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई शुक्रबार सम्मान गर्दै यस्तो धारणा ब्यक्त गरेका हुन् । खुलमटारमा एक कार्यक्रम आयोजना गरी उनले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल पलेशा र उनका प्रशिक्षकलाई सम्मान गरेका हुन् ।

    पूर्वप्रधानमन्त्री प्रचण्डले पलेशा र प्रशिक्षक कविराजसँगै नेपाली टोलीका व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गरे । सो क्रममा अध्यक्ष प्रचण्डले इतिहासिक पदक विजेता पलेशालाई बधाइ दिँदै यो जितका कारण संसारभर रहेका नेपालीले गौरव गर्ने अवसर प्राप्त भएको बताए ।

    ‘ओलम्पिकको इतिहासमा पहिलोपटक नेपालले मेडल प्राप्त गर्ने भनेको सामान्य विषय होइन, यसले विश्वभर रहेका नेपालीका लागि गौरव गर्ने अवसर प्राप्त भएको छ ।’ उनले भने, ‘खेल क्षेत्रले राष्ट्रिय एकता, आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिलाई प्रबद्र्धन गर्छ । त्यसैले पलेशाको यो जित अन्तर्राष्ट्रिय इतिहास कायम गर्ने महत्वपूर्ण जितत हो ।’

    राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकुदको बहुआयामिक महत्व भएकाले खेल क्षेत्रमा राज्यले बढीभन्दा बढी लगानी गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अहिले समय फेरिएको छ । खेलकुदले अन्तर्राष्ट्रिय युद्ध रोक्नेदेखि ठुलाठुला समस्याको समाधान पनि दिने गरेको छ । अहिले पलेशाले मेडल जितेपछि राष्ट्र एक ढिक्का भएको छ । यसमा सबले गर्व गरेका छन्, सबै खुशी भएका छन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ