• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

जापानका प्रधानमन्त्री किशिदाले सेप्टेम्बरमा राजीनामा दिने

1.8K
SHARES



काठमाडौँ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी महिना सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्ष पदका लागि चुनाव नउठने र अर्को महिना नयाँ अध्यक्ष चयन भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

किशिदाले बुधबार सञ्चारमाध्यमसँग कुरा गर्दै सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा पुन: चुनाव नखोज्ने निर्णय गरेको बताए । किशिदाको यो निर्णयले आगामी महिना एलडीपीको नयाँ नेता चयन नभएसम्म मात्रै उनी प्रधानमन्त्री पदमा रहने जनाइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ