• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती समाचार

    वन क्षेत्रको व्यवस्थापन तथा संरक्षणको अधिकार माग्दै बागमतीका वन मन्त्री सिंहदरबारमा

    807
    SHARES



    मकवानपुर । संविधान अनुसार वन क्षेत्रको व्यवस्थापन तथा संरक्षणको अधिकार माग्दै बागमती प्रदेशका वन मन्त्री केशव प्रसाद पोखरेल सिंहदरबार पुगेका छन् ।

    बागमती प्रदेशका वन तथा वातावरण मन्त्री पोखरेल अधिकार माग्दै संघीय सरकार समक्ष पुगेका हुन् । मन्त्री पोखरेलले वैशाख ४ गते मंगलबार संघीय वन तथा वातावरण मन्त्री नवल किशोर शाहलाई अधिकार माग गर्दै १८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

    वन तथा वातावरण क्षेत्रको प्रभावकारी संरक्षण, व्यवस्थापनका लागि ध्यानाकर्षण पत्र बुझाएको मन्त्री पोखरेलले बताए । समग्र वन प्रशासनमा सुशासन, वन प्रशासकहरूको मनोबल तथा क्षमता अभिवृद्धिका लागी संघ सरकार र प्रदेश सरकारबिच समन्वय र सहकार्य जरुरी रहेको उनले बताए ।

    संविधान अनुसारको अधिकार प्रत्यायोजन र सहकार्यका विषय र वन क्षेत्रको व्यवस्थापन तथा संरक्षणका लागि प्रदेश सरकारका तर्फबाट उठाएका मागहरूलाई ध्यानाकर्षण मार्फत पेस गरिएको उनको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ