• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    बेनीघाट रोराङ गाउँपालिका २ मा निःशुल्क शिक्षा घोषणा

    178
    SHARES



    काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका- २ ले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले एक कार्यक्रमबीच सोमबार निःशुल्क शिक्षा घोषणा गरेको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले शिक्षक, सरकारी जागिरे तथा राजनीति गर्ने सबैले आफ्नो छोराछोरी सरकारी विद्यालयमै अध्यापन गराउनुपर्ने बताए ।

    सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न पहिले आफ्नो छोराछोरी सरकारी विद्यालयमा अध्यापन गराए मात्रै माया र आफ्नोपन हुने भन्दै सबैलाई अनुरोध गरेका छन् ।

    त्यस्तै, शिक्षकले राजनीति गरेर हिँडेको प्रमाण भेटिए कारबाही गरिने पनि उनले बताए । ‘विद्यार्थी पढाउन जागिर खाएका शिक्षक पार्टीको झण्डा बोकेर हिँडेका थुप्रै उदाहरण छन् । तर, आगामी दिनमा त्यस्तो भेटिए जागिरै जान सक्छ,’ उनले भने ।

    शैक्षिक सुधार गर्न शिक्षकले चासो र चिन्ता लिनुपर्ने उनले बताए। उनले भने, ‘विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक सुधार ल्याउन पालिका सहयोग गर्न तयार छ ।

    तर, तपाईं शिक्षकले पहल गर्न जरुरी छ। शिक्षकले जिम्मेवारी पूरा गर्ने हो भने शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।’ विद्यार्थीको भविष्य शिक्षकको हातमा भएको बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ