• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

उड्दै गरेको बोइङ विमानको ‘इन्जिनको ढक्कन’ खसेपछि…

2.9K
SHARES



काठमाडौँ । अमेरिकाको साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७-८०० विमान उड्ने क्रममा नै एक इन्जिनको ढक्कन खसेको छ ।

विमान उड्ने समयमा इन्जिनको ढक्कन खसेर विमानको पखेटामा ठोक्किएको बीबीसीले जनाएको छ ।

उक्त घटनापछि अमेरिकी वायुसेवा नियामकहरूले अनुसन्धान सुरु गरेको समेत बीबीसीले उल्लेख गरेको छ ।

साउथवेस्ट एयरलाइन्सको उडान ह्युस्टनका लागि प्रस्थान गरेपनि उक्त घटनापछि विमान पुनः डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा फर्किएको थियो ।

विमानमा १ सय ३५ जना यात्रु तथा चालक दलका ६ सदस्य रहेका थिए । विमान १० हजार ३ सय फिटमाथि सम्म उडेर अवतरण गरिएको थियो । बोइङमा निर्माण र सुरक्षा चिन्ताको व्यक्त भइरहेको समयमा यो घटना भएको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ