• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

मेरील्यान्डको बाल्टिमोरमा पुल भत्कियो

1.6K
SHARES



काठमाडौं । अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ । मालबाहक डुंगाले ठक्कर दिँदा स्टिलबाट निर्मित पुल भत्किएको डेली मेलले जनाएको छ ।

सामाजिक सन्जाल एक्समा राखिएको एक भिडियोमा डुंगाले पुलको खम्बामा ठक्कर दिएको देखिन्छ । लगत्तै पुलको पुरै संरचनामा भाँचिएर पानीमा खसेको देखिन्छ ।

पुलको संरचना डुंगामाथि नै खसेको, डुंगाको बत्ती निभेको र कालो धुवाँ उडेको पनि देखिन्छ । यसबाट मानवीय क्षति भए/नभएको रिपोर्ट सार्वजनिक भइसकेको छैन ।

अमेरिकी कोस्ट गार्ड र मेरील्याण्ड ट्रान्सपोर्टेसन अथोरिटीले पुल भाँचिएको पुष्टि गरे पनि यो समाचार तयार पार्दासम्म थप विवरण सार्वजनिक गरेका छैनन् ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ