• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    नाइजेरियामा एक सय ३७ जना विद्यार्थी र कर्मचारी १८ दिनपछि अपहरणमुक्त

    0.9K
    SHARES



    काठमाडौँ। नाइजेरियामा अपहरणमा परेको १८ दिनपछि विद्यार्थी र विद्यालयका कर्मचारीलाई सेनाले उद्धार गरेको छ ।

    एक अर्ब नाइराको माग गरेर यही मार्चको ७ तारिखमा काडुना राज्यको कुरिगाबाट २ सय ८७ जना विद्यार्थी र कर्मचारीलाई एक समूहले अपहरण गरेको थियो । केही विद्यार्थी र कर्मचारी भागेका थिए ।

    आज बिहान जामफाराबाट १ सय ३७ जनालाई सेनाले अपहरणकारीबाट मुक्त गर्न सफल भएको नाइजेरियाका सैन्य प्रवक्ता मेजर जनरल एडवर्ड बुबा बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

    उनीहरुलाई जंगलबाट मुक्त गराएको र परिवारलाई बुझाउनुअघि स्वास्थ्य परीक्षण गरिने सेनाको भनाई छ । छुट्न बाँकी रहेकाहरुको बारेमा भने सरकारले आधिकारिक रुपमा केही बोलेको छैन ।

    नाइजेरियामा फिरौतीका लागि अपहरण गर्ने घटना सामान्य हुँदै गएका छन् । एक दशकअघि आतंकवादी संगठन बोको हरामले २ सय ७६ जना छात्रालाई अपहरण गरेको थियो, केही छात्रा अहिले पनि रिहा भएका छैनन् ।

    यसअघि सन् २०२१ मा पनि १ सय ५० जना विद्यार्थी अपहरणमा परेका थिए । यस पटक पनि अपहरणकारीले सरकारसँग ६ लाख ९० हजार अमेरिकी डलर अर्थात् एक अर्बभन्दा धेरै नाइजेरियाली मुद्रा अर्थात नाइराको माग गरेका थिए ।

    सरकारले फिरौती दिन अस्वीकार गर्दै खोजी अभियान चलाएको थियो । नाइजेरियामा अपहरणका घटना दैनिकजसो हुने गरेका छन् । आफ्ना प्रियजनहरूको रिहाईका लागि त्यहाँका नागरिकहरु जग्गा, गाईवस्तु र अन्न बेच्न बाध्य हुने गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ