• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    गाजामा युद्धविराम हुने संकेत

    2.6K
    SHARES



    काठमाडौँ। इजरायल र प्यालेस्टिन समूह हमासबीच सोमबारसम्म युद्धविराम हुने अमेरिकाले संकेत दिएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सोमबारसम्म युद्धविराम हुने बताएको सीएनएनले भनेको छ । आफूलाई राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युद्धविराम गराउने हिसाबले आफूहरु निकै निकट पुगेको ब्रिफिङ गरेको बाइडेनले बताएका हुन् ।

    ‘यो सोमबारसम्म युद्धविराम हुन्छ भन्ने विश्वास छ । मलाई राष्ट्रिय सुरक्षा सल्लाहकारले यसतर्फ निकै निकट रहेको बताएका छन् । आगामी सोमबारभित्र युद्धविराम हुनेमा म विश्वस्त छु’, उनको भनाइ उधृत गर्दै सीएनएनले लेखेको छ ।

    हमासले युद्ध अन्त्यको सुनिश्चितता भएपछिमात्र थप बन्दी रिहा गर्ने अडान राखेपछि युद्धविरामको वार्ता सहमतिमा पुग्न सकेको छैन । हमासले गाजाबाट सम्पूर्ण रुपमा इजरायली सेना फिर्ता नभएसम्म बन्दी रिहा नगर्ने अडान राखेको बाइडेनका उच्च प्रशासकले बताएका छन् ।

    ‘हमासले गाजाबाट सम्पूर्ण रुपमा इजरायली सेना फिर्ताको अडान नछोडेपछि वार्तमा कठिनाइ भइरहेको छ । यस्तै प्यालेस्टाइन कैदीहरुलाइ समेत रिहा गर्नुपर्ने माग उसको छ’, ती प्रशासकले भनेका छन् ।

    युद्धविरामको पहलका निम्ति पेरिसमा अमेरिका, इजिप्ट, इजरायली जासुसी संस्थाका प्रमुख र कतारका प्रधानमन्त्रीले शुक्रबारयता वार्ता जारी राखेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया