• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

जीवनशैली

यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण

9.8K
SHARES



काठमाण्डाै । यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको एउटा अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो ।

अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले यौन व्यवसायमा संलग्न महिलाहरूमा एचआईभी/एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग देखिएको बताउनुभयो ।

अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेका पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआईभी परीक्षण पनि नगरेको पाइएको छ ।

परिषद्ले पोखरामा गएको वैशाखदेखि असोजसम्म तीन सय ६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित एक सय ६९, अविवाहित ८१ र सम्बन्धविच्छेद गरेका ९९ र विधवा १५ जना थिए ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले धेरै महिलामा एचआईभी/एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताउनुभयो ।

अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ छ । अध्ययनमा यौन व्यवसायमा संलग्न ६० प्रतिशतभन्दा बढीले जाँड-रक्सी पिउने गरेको पाइएको छ

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ