• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खानपिन जीवनशैली

    चाडपर्वमा खानपिनको सन्तुलन बिग्रिए हुनसक्छ दीर्घरोग

    353
    SHARES



    चाडपर्व भन्नासाथै मनोरञ्जन र खानपान सँगसँगै जोडिने गर्छ । तर, यसवेला खानपानमा सावधानी नअपनाउँदा दीर्घकालसम्म रहिरहने रोग सुरु हुन सक्ने चिकित्सकहरूको चेतावनी छ । स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य पदार्थ तथा चिल्लो पदार्थ बढी भएका परिकार सेवन गर्दा हृदयाघात, मस्तिष्कघातजस्ता रोग निम्तिन सक्ने चिकित्सकहरूको भनाइ छ । यसकारण खानपानमा विशेष सजगता अपनाउन चिकित्सकको सुझाव छ ।

    मासुमा चिल्लो र कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मिर्गौला रोगीहरूले खान नहुने चिकित्सकहरू बताउँछन् । छालामा कोलेस्ट्रोल र चिल्लोको मात्रा बढी हुने हुँदा सामान्य व्यक्तिले पनि छाला खान नहुने चिकित्सकहरूको सुझाव छ । उनीहरूका अनुसार आन्द्राभुँडी, टाउकोको सेवन पनि हानिकार हुन्छ । मासु सेवन गरिसकेपछि सागसब्जी, फलफूल, गेडागुडी, कागतीको सर्वतलगायत फाइबरयुक्त खानेकुरा खान सुझाव छ ।

    एकै ठाउँमा बसेर नखाऔँ

    तिहारमा तास खेल्ने, रक्सी खाने पनि धेरै हुन्छन् । एकै ठाउँमा बसेर तास खेल्ने र खाने गर्दा पेट तथा कलेजोमा समस्या हुने गर्छ । चाडवाड भन्दैमा आफ्नो शरीरले पचाउन सक्नेभन्दा बढी खानु राम्रो होइन। मासुजन्य खानेकुरासँग प्रशस्त मात्रामा रेसादार सागसब्जी प्रयोग गर्नु राम्रो हुन्छ ।

    छाला निकालेका पक्षीको मासु खानु राम्रो

    चिकित्सकहरूका अनुसार रातो मासु खानुको साटो छाला निकालेर पक्षीको मासु खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । त्यसमा अझ माछा खानु उत्तम हो । रातो मासु युरिक एसिड, ट्राइग्लिसराइड, मुटुरोगीका लागि पनि राम्रो मानिँदैन । हाँस, कुखुरा, माछा, चराचुरुंगीको मासु सेतो हुन्छ, रातो रेसादार मासुको दाँजोमा यो कम खतरनाक हुन्छ । तर, यसको पनि बढी प्रयोग गरेको खण्डमा कोलेस्ट्रोल बढ्न सक्छ ।

    मदिराको प्रयोग कति गर्ने ?

    एक दिनमा एक स्वस्थ पुरुषले दुई ड्रिंक र महिलाले एक ड्रिंक लिँदा कुनै समस्या हुँदैन । एक ड्रिंकमा ३० मिलिलिटर ह्विस्की, डेढ सय मिलिलिटर वाइन र अढाई सय मिलिलिटर बियर हुन्छ । तर मुटुको समस्या भएका व्यक्तिले मदिरा सेवन गर्नुहुँदैन । मस्तिष्कघात, युरिक एसिड बढेका, गर्भवती महिला, कलेजोको बिरामी, मधुमेहका बिरामीले मदिरा सेवन गर्नु घातक हुने चिकित्सकहरूको भनाइ छ । साथै, रक्सी र मासुको एकैपटक प्रयोग पनि गर्न नहुने चिकित्सकको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ