• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    एआईका कारण विश्वभर ४० प्रतिशत जागिर प्रभावित हुन सक्ने

    3K
    SHARES



    काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधि र एआई टूल्सको आगमनका कारण मान्छेले गर्ने काम सजिलो भएको छ । तर यो प्रविधि कयौं जागिरका लागि खतरा पनि बनिरहेको छ ।

    यसैबिच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एउटा विश्लेषण सार्वजनिक गरेको छ । उक्त्त कोषका अनुसार एआईले विश्वभर करोडौं जागिर खाइदिनेछ ।

    एआई र एआई टूलका कारण विश्वभर ४० प्रतिशत जति जागिर प्रभावित हुने आईएमएफको विश्लेषणमा भनिएको छ । उदीयमान बजार र कम आय भएको देशको तुलनामा उन्नत अर्थव्यवस्था भएको देशहरुले धेरै जोखिमको सामना गर्नु पर्नेछ ।

    ‘धेरैजसो मामिलामा एआई प्रविधिले चिन्ता बढाउनेछ । यस्तो हालतबाट बच्न सरकारले सक्रिय रुपमा काम गर्न जरुरी छ ।’ कोषकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जेभाले यो अध्ययनबारे एउटा ब्लग पोष्टमा भनेकी थिइन् ।

    एआईका कारण श्रम बजारमा आयसँग सम्बन्धित असमानता बढ्ने पनि बताइएको छ । एआईको चपेटामा आउने कामदारहरुका लागि व्यापक सामाजिक सुरक्षा सञ्जाल र पुनः प्रशिक्षण कार्यक्रम सुरु गर्नु पर्ने जर्जेभाको भनाई रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ