• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रुसी सेनामा थप एक नेपालीको मृत्यु

    4.7K
    SHARES



    काठमाडौं। रुस-युक्रेन युद्धमा परि थप एक नेपाली नागरीकको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमा रुसी सेनामा भर्ती भएका प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नं.४ काठेवरका सोनु सुनारको मृत्यु भएको हो ।

    २ वर्षदेखि दुबईमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएका थिए । सोनुसँगै रहेका र अहिले घाइते अवस्थामा रहेका उनका साथीले मृत्यु भएको जानकारी गराएका हुन् । नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले सामाजिक सञ्जालमार्फत सोनुको मृत्युबारे पुष्टी गरेका हुन् ।

    उपमेयर बर्माले सुनारप्रति श्रदाञ्जली दिँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘रसियन सेनामा आवद्ध प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको छुँ, उनको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ