• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    अमेरिकी संसदमा दङ्गा प्रकरण : डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित

    2.2K
    SHARES



    काठमाडौँ। संयुक्त राज्य अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई अमेरिकी संविधानमा विद्रोहको उपधारा उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय निर्वाचनको दौडबाट बाहिर निकालेको छ । अदालतले यो निर्णय ४-३ ले सुनाउँदै ट्रम्प चुनाव लड्न योग्य नभएको बताएको हो ।

    अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी राष्ट्रपति चुनावका लागि अयोग्य ठहरिएको यो पहिलो पटक हो । यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाउने प्रयास असफल भएको थियो ।

    मंगलबार लिइएको निर्णय कोलोराडो राज्यमा मात्र लागू हुनेछ । यस निर्णयमा पुनरावेदन विचाराधीन छ, त्यसैले यसलाई अर्को महिनासम्म स्थगित गरिएको छ ।

    सर्वोच्च अदालतले आफ्नो फैसलामा लेखेको छ, “‍‘हामी यत्तिकै यी निष्कर्षमा पुगेका छैनौँ । हामी हाम्रा अगाडि रहेका प्रश्नहरू र त्यसको नतिजा कत्तिको ठुलो हुने भन्ने बारेमा हामी सचेत छौँ ।’ “त्यस्तै गरी, हामी कानुनको कार्यान्वयन गर्ने हाम्रो गम्भीर कर्तव्यलाई सचेत गर्दै, कुनै डर, पक्षपात बिना र हाम्रो निर्णयप्रति जनताको प्रतिक्रियाबाट प्रभावित नभई वैधानिक निर्णय दिइरहेका छौँ,’ अदालतले भनेको छ ।

    कोलोराडो राज्यको उच्च अदालतले जिल्ला अदालतका न्यायाधीशको निर्णयलाई उल्टाउँदै यस्तो आदेश दिएको हो । तल्लो अदालतले जनवरी ६, २०२१ मा क्यापिटल (अमेरिकी संसद्) मा आक्रमणको लागि ट्रम्पले भीडलाई हिंसाको लागि उक्साएको बताए पनि ट्रम्पलाई राष्ट्रपतिको दौडमा रोक लगाउन नसकिने फैसला गरेको थियो ।

    उच्च अदालतले जनवरी ४ सम्म वा अमेरिकी सर्वोच्च अदालतले यस विषयमा निर्णय नगरेसम्म आफ्नो निर्णय रोकेको छ । यो निर्णयसँगै अब ट्रम्प रिपब्लिकन पक्षबाट उम्मेदवारीको दौडमा रहन सक्छन् कि छैनन् भन्ने निर्णय गर्नु अमेरिकी सर्वोच्च अदालतका लागि चुनौतीपूर्ण हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ