• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका ५५ वर्षीय किसानको मृत्यु

    4.7K
    SHARES



    काठमाडौँ । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।

    जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै गोरु पनि मरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा खेत जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेको र उनको  घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी पनि पुगेको छ ।

    प्रहरीका अनुसार त्यहाँ पहिलेदेखि नै बिजुली सर्ट भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ