• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नक्कली प्रमाणपत्र प्रकरणमा गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध मुद्दा

    770
    SHARES



    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले भट्टराईविरुद्ध नक्कली प्रमाणपत्रसम्बन्धी आरोप पत्र दायर गरेको हो ।

    अख्तियारले अहेव भट्टराईको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको आधारमा छानबिन गर्दा सो प्रमाण पत्र नक्कली रहेको भेटिएपछि मुद्दा दायर गरेको जनाएको छ ।

    अख्तियारले सो कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिमको कसुर भएको हुँदा भट्टराईलाई सोही ऐनको दफा १६ (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ