• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    1.9K
    SHARES



    काठमाडौँ । बुधबार तोलमा २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पुनः २ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोलामा १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार रुपैयाँले बढ्दै १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ