• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    वर्ड फ्लुको सङ्क्रमण कोरोनाभन्दा भयानक !

    3.2K
    SHARES



    काठमाडौँ। वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने मृत्युदरलाई विचार गर्दा यो कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्नेछ देखिएको छ । एच ५ एन १ भाइरस गम्भीर अवस्थातर्फ गइरहेको र यसले विश्वव्यापी महामारी निम्त्याउन सक्ने ठुलो डर रहेको दाबी वैज्ञानिकहरूको दाबी छ ।

    पिट्सबर्गमा वर्ड फ्लुबारे अनुसन्धान गरिरहेका एक वैज्ञानिकले यस्तो चेतावनी दिएका हुन् । एच५एन१ भाइरसले मानिसलगायत धेरै स्तनधारी जीवहरूलाई सङ्क्रमण गर्न सक्ने चेतावनी वैज्ञानिक डा. सुरेश कुचिपुडीले दिएका छन् । कुचिपुडीका अनुसार भाइरस महामारी निम्त्याउन सक्ने दिशामा सर्दै गएको छ । वर्ड फ्लुको सङ्क्रमण विश्वका धेरै ठाउँमा रहेको र धेरै सङ्ख्यामा स्तनधारी जीवलाई यसले सङ्क्रमित बनाइरहेको छ । भाइरसविरुद्ध तयारी गर्ने बेला आएको अन्यथा अवस्था गम्भीर हुन सक्ने उनी बताउँछन् ।

    वर्ड फ्लुको सङ्क्रमण कोरोना महामारीभन्दा खतरनाक साबित हुनसक्ने भन्दै समाचारहरूमा अर्का विज्ञलाई उद्धृत गरिएको छ । वर्ड फ्लुको महामारी कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्ने उनको दाबी छ । वर्ड फ्लुको महामारीमा मृत्युदर कोरोनाको भन्दा धेरै हुने र भाइरस म्युटेट हुन थाल्यो भने यसले गम्भीर रूप लिने खतरा रहेको पनि बताइएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार सन् २००३ देखि एच५एन१ भाइरसबाट सङ्क्रमित भएका प्रत्येक १ सय बिरामीमध्ये ५२ जनाको मृत्यु भएको छ । यसरी, वर्ड फ्लुको मृत्यु दर ५० प्रतिशत भन्दा बढी छ । कोभिड महामारीको सुरुमा केही ठाउँमा यसको मृत्युदर २० प्रतिशत थियो, जुन पछि ०.१ प्रतिशतमा झरेको थियो । हालसम्म ८ सय ८७ जनामा मात्रै वर्ड फ्लु देखिएको छ । यसमध्ये ४ सय ६२ जनाको मृत्यु भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ