• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    संसदवादी दलहरुलाई भारतमा भइरहेको चुनावबारे जानकारी दिंदै भाजपा, जसपा र लोसपा समेटिएन 

    540
    SHARES



    काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा)ले नेपालाको संसदमा रहेका दलहरुलाई भारतमा भइरहेको चुनाव बारे जानकारी दिंदै छ । दिल्ली स्थित जपाको केन्द्रीय कार्यालयमा नेताहरूलाई भारतमा भइरहेको चुनाव, पार्टीको अभियान लगायतको विषयमा जानकारी दिइरहेको हो ।

    भाजपाको निम्तामा काँग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरू सहभागी छन् । तर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई नबोलाइएको हो ।

    भाजपा निकट एक नेताले भने, ‘भाजपासँग जसपाको राम्रो सम्बन्ध छैन, यसअघि पनि गराएका विभिन्न भ्रमणहरुमा जसपालाई सहभागी गराइएको छैन, भाजपा नेताहरू नेपाल भ्रमणमा जाँदा जसपाका नेताहरूसँग भेटेका हुँदैन । यस अवस्थामा निमन्त्रणा नदिनु स्वाभाविकै हो ।’

    भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले नेपाल आउँदा सानादेखि ठुला दलका नेताहरूलाई भेटेका हुन्छन् । तर जसपाका नेताहरुलाई भेट्ने गरेका छैनन् ।

    यस्तै भाजपाको नजरमा लोसपा राष्ट्रिय दल होइन । नेपालमा उक्त दलको खासै शक्ति पनि नभएकाले निमन्त्रण नदिइएको भाजपाका ती नेताले बताए ।

    लोसपाका महासचिव मनिष सुमनले भाजपाबाट निमन्त्रणा नआएको कारण आफ्नो पार्टीको तर्फबाट प्रतिनिधि नगएको बताए । उनले भने, ‘यो भारत सरकारको कार्यक्रम होइन, एउटा पार्टीको कार्यक्रम हो त्यसमा कसलाई बोलाउने, कसलाई नबोलाउने त्यो पार्टीको निजी कुरा हो, यसमा हाम्रो कुनै टिप्पणी छैन ।’

    यस्तै जसपाका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले पनि भाजपाबाट जसपालाई निमन्त्रणा नआएको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ