• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बालेनतर्फ संकेत गर्दै ओलीले भने– डोजरले समस्या समाधान हुँदैन

    515
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी डोजर लगाएर समस्या समाधान नहुने बताएका छन् ।

    बिहीबार भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा समस्या समाधान गर्नुपर्ने भन्दै जहाँसुकै जाऊ, खाए खाऊ र मरे मर भन्ने गर्न नहुने बताए । उनले गरिब र सुकुम्वासी देख्नै नहुने कुनैपनि सरकारले गर्न नहुने बताए ।

    ‘मैले परारको साल पनि भनेको थिएँ, सुकुम्वासीका प्लास्टिक हालेका छाप्रा छन् । भत्काउन जान्छ डोजर’, ओलीले प्रश्न गर्दै भने, ‘सुकुम्वासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ ?’ केही समयअघि काठमाडौँका सुकुम्वासी बस्तीमा मेयर बाले शाहले डोजर चलाएका थिए ।

    उनले सुकुम्वासीलाई डोजर देखाउने नभई सुकुम्वासीका समस्या समाधान गर्नुपर्ने बताए । गरिबको बस्ती भत्काउनुको साटो व्यवस्थापन गर्न सकिने भन्दै यत्रो देशमा रहेका यति जनता व्यवस्थापन गर्न सकिने पनि बताए । उनले काठमाडौँ उपत्यकामा ४८ सय घरपरिवारलाई घर बनाएर व्यवस्थापन गर्न सकिने भन्दै आवासको समस्या समाधान गर्न सकिने बताए ।

    ‘भत्काउने होइन, बनाउने अभियान चलाऔँ’, ओलीले भने, ‘सरकारमा हाम्रो पार्टी जनताको काम गर्न गएको हो ।’ उनले नक्कली सुकुम्वासीका नाममा डोजर चलाउने गरिएको पनि बताए । सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर हुनसक्ने भन्दै बनिबुथो गरेर सुकुम्वासीका छोराछोरी पनि डाक्टर इन्जिनियर बन्न सक्ने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ