• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाँकेमा ३ हजार कैदीबन्दी अटाउने कारागार भवन उद्घाटन

    570
    SHARES



    काठमाडौँ । बाँकेमा तिन हजार कैदीबन्दी अट्ने कारागार भवनको उद्घाटन गरिएको छ । बाँकेक नौबस्तानमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नवनिर्मित कारागार भवनको उद्घाटन गरेका हुन् ।

    तिन अर्बको लागतमा निर्माण भएको भबनमा चौविस सय पुरुष र छ सय महिला अटाउने क्षमताको कारागार १ सय चौतिस रोपनी क्षत्रफलमा फैलिएको छ ।

    तीन चरणमा निर्माण सम्पन्न कारागारमा प्रशासनिक, मेडिकल र स्पोर्टस ब्लक छन् । पत्येक ब्लकमा १-१ हजार कैदीबन्दी अटाउँछन् । भवन उद्घाटन गर्दै गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउन छलफल भइरहेको बताए । उनले भने- ‘कारागार यातना केन्द्र होइन, सुधार गृह बनुन भन्नेमा सरकार सचेत छ ।’

    पहुँच भएकाले मात्रै कैद मिनाहा पाएको गुनासो सम्बोधन गर्ने मन्त्री लामिछानेले बताएका छन् । उनले भने–‘अब, खल्तीबाट नाम झिकेर कैद मिनाहा गर्ने प्रवृत्ति अन्त्य हुन्छ ।’ आचरण सुधार गर्ने कैदीलाई पहुँच नचाहिने र उनीहरुको साथमा सरकार भएको लामिछानेको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ