• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कर्णालीलाई रेल र सुरुङ होईन बाटो चाहिएको छ- ज्ञानेन्द्र शाही

    612
    SHARES



    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई रेल र सुरुङ्ग नभई गोरेटो बाटो आवश्यक रहेको बताए । शाहीले कर्णालीको सडक पूर्वाधार विकासका लागि सडक र संसद्‌मा आन्दोलन गर्ने बताएका छन् ।

    बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कर्णालीका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका छन् ।

    उनले कर्णाली राजमार्गमा हालिएको ओटाशील उक्किएर खाल्डो परेको र हरेक गाडीको टायर पन्चर हुने गरेको बताए ।

    उनले नाग्मा–रारा जाने सडक लगायतका जुम्ला सडक विकासका लागि बजेटको व्यावस्था गर्न आग्रह गरे । आगामी आर्थिक वर्षका लागि पहुँचका आधारमा बजेट विनियोजन भयो भने आन्दोलन गर्ने चेतावनी समेत दिए ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ