• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

    3.9K
    SHARES



    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् ।

    शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजिनामा बुझाएका हुन् । बदलिएको राजनैतिक परिस्थितिले राजीनामा दिएको उनले बताए ।

    यस्तै, कर्णालीमा सत्तारुढ दलहरूबिच सहमति नजुट्दा नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया रोकिएको छ । नेकपा(माओवादी) ले सभामुख र ४  वटा मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

    दिउँसो माओवादी संसदीय दलका नेता राजकुमार शर्मा र एमाले संसदीय दलका नेता यामलाल कँडेलबिच भेट भएको थियो ‌। तर पनि निकास निस्कन सकेन ।

    त्यसपछि शर्माले मुख्यमन्त्री निवासमा आफ्नो दलको बैठक राखे । उक्त बैठकमा बृहत् छलफल भई सम्पूर्ण जिम्मेवारी दल नेता शर्मालाई दिने निर्णय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।

    माओवादीले अड्को थापेपछि आज गर्ने भनिएको मुख्यमन्त्री लागि दाबी पेस गर्ने कार्यक्रम रोकिने भएको छ । एमाले भने पहिला मुख्यमन्त्री नियुक्ति गर्ने काम सकिएपछि बाँकी भागबन्डाको विषयमा छलफल गर्ने पक्षमा थियो तर, माओवादीले पहिला नै टुङ्गो लगाउनुपर्ने बताइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ