• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    एमाले लुम्बिनी प्रदेशका हरिजनसहितका नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश

    1.3K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उनीहरू एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

    माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले एमाले लुम्बिनी सचिवालय सदस्य हरिजन, लुम्बिनी प्रदेश सदस्य रामविलास यादव, कपिलवस्तु जिल्ला सदस्य सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेरका थिए ।

    हरिजन २०७० सालको संविधासभा सदस्य, यादव एमाले निकट किसान महासङ्घका केन्द्रीय सदस्य हुन् । उनीहरूलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सलबलाइरहेकाले उत्पीडित समुदाय १ हुनुपर्ने बताएका छन् ।

    पिछडिएका तथा उत्पीडित वर्गको उत्थान, उचित सम्मान र राज्यका निकायमा सम्मानजनक प्रतिनिधित्व हुनुपर्छ भन्ने चाहेको पनि बताए । पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया