• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री शुरु

    3.1K
    SHARES



    काठमाण्डाै। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेको छ ।

    महाशाखाले आज आइतवारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री-वितरण शुरु गरेको छ । टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सिक्का सार्वजनिक गरेका हुन् ।

    महाशाखाले १० ग्राम र २५ ग्रामका २ किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी बिक्री शुरु गरेको हो । १० ग्राम सिक्काको मूल्य १६ सय रुपैयाँ र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ निर्धारण भएको छ ।

    बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ । दर उल्लेख नगरि निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया