• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    हिरासतमा रहेका ट्रक चालकलाई बाहिर निकालेर निर्घात कुटपिट

    2.4K
    SHARES



    रौतहट। प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

    ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई प्रहरी हिरासतबाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो ।

    फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चोकमा मृत्यु भएपछि पक्राउ परेका ट्रक चालकलाई निर्घात कुटपिट गरिएको हो ।

    सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बाहिर निकाली निर्मम कुटपिटको निन्दा गरेका छन् ।

    उनले सो घटनामा संलग्नहरूलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासनसहित नेपाल सरकारसँग जोडदार माग पनि गरेका छन् ।

    यस्तै, लागु औषध कारोबारको कसुरमा पाँचथरको फिदिम नगरपालिकाका २ युवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । फिदिम १० याङनामका २६ वर्षीय संगम थाम्सुहाङ र फिदिम ८ रानीटारका २५ वर्षीय सञ्जय नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    थाम्सुहाङलाई उनकै घरबाट र नेम्बाङलाई फिदिम ४ गढी स्थित डेबिट लिम्बूको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । थाम्सुहाङ र नेम्बाङ एउटै मुद्धाका फरार प्रतिवादी हुन्। मुद्धा दर्ता भएपछि फरार रहेका उनीहरुलाई १ वर्षपछि पक्राउ परेका हुन् ।

    १४ ग्राम ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोमा गत वर्षको साउन २ गते इलाका प्रहरी कार्यालय काँकटभिट्टा झापाले उनीहरुविरुद्ध मुद्धा दर्ता गरेको थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया