काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को नाफाबाट ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद गरी कूल १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
योसँगै बैंकले बोनस सेयर बापत १ अर्ब १२ करोड १४ लाख १० हजार ३ सय ५५ रुपैयाँ ३१ पैसा वितरण गर्नेछ भने नगद लाभांशमा ७१ करोड २ लाख २६ हजार ५ सय ५८ रुपैयाँ ३६ पैसा खर्च गर्ने भएको छ ।
उक्त लाभांश बैंकको आगामी साधारण सभाबाट पारित भएपछि केन्द्रीय बैंकको स्वीकृति पश्चात् वितरण हुने भएको छ ।
प्रतिक्रिया