• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    बालकको मृत्यु हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तनाव ग्रस्त भएपछि सेवा ठप्प, बिरामी मर्कामा

    1.5K
    SHARES



    काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा उपचारका लागि लगिएका बालकको ज्यान गएपछि आफन्तले गरेको आन्दोलनका कारण अस्पताल तनावग्रस्त बनिरहेको छ ।

    मृतकका आफन्तकाे धर्ना र प्रदर्शनका कारण अस्पतालकाे सेवा आज दोस्रो दिन पनि ठप्प भएको हाे । आज पनि बिहानैदेखि मृतकका आफन्तले प्रदर्शन गरिरहेका छन् ।

    बिहीवार हिजाे उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ३ का १० वर्षीय आक्रोस नेपालीको ज्यान गएको थियो ।

    एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरुको लापरबाहीका कारण बालककाे ज्यान गएकाे भन्दै पीडितका आफन्तहरु दोषीलाई कारबाहीसँगै क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका हुन् । सामान्य अवस्थाको बिरामीकाे अस्पतालको लापरबाहीका कारण ज्यान गएको उनीहरुकाे आराेपमा छ ।

    प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरुले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले बताउनु भयाे । मृतकका आफन्तहरुले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका बिरामीहरु समस्यामा परेका छन् ।

    बालकको ज्यान गएकाे विषयमा छानबिन समिति बनाउने सँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहे पनि पीडित पक्षको मागअनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको बताइएकाे छ । तर प्रतिष्ठानले भने पीडित पक्षसँग वार्ता जारी रहे पनि कुनै समाधान हुन नसकेको भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया