• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बैक-विमा विजनेश

    माछापुच्छ्रे बैंकले चैतका लागि सार्वजनिक गर्‍यो नयाँ ब्याजदर

    1.6K
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकर्स संघले प्रिमियम ६ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने निर्णय गरेपछि सोहीअनुसार नै नयाँ ब्याजदर सार्वजनिक भएको हो । प्रकाशित ब्याजदर अनुसार चैतमा बचतको ब्याज ६ देखि ९ प्रतिशत रहने छ ।

    हाल बैंकले २३ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत र संस्थागत तर्फ ९ प्रतिशत ब्याज रहेको छ । बैंकले निक्षेपको ब्याज भने यथावत राखेको छ ।

    माघ मसान्तसम्म बैंकको आधारदर ११.४० प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनेले अधिकतम १६.४० प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट कर्जा लिँदा आधार दर ११.४० प्रतिशतमा अधिकतम ५ प्रतिशत प्रिमियम थपिने छ । बैंकबाट होम लोन, अटो लोन, मोटरेज लोन, प्रिभिलेज लोन, शैक्षिक धितो कर्जा, मार्जिन लेन्डिङ लोन लगायत अन्य खालका लोन लिँदा १६.४० प्रतिशत ब्याज लाग्ने छ ।

    यस्तै ५ वर्षसम्मका लागि होम लोन लिँदा १४ प्रतिशत, अटो लोन लिँदा १४ र अन्य रिटेल लोन लिँदा ५ वर्षसम्मका लागि कर्जा लिँदा १४.५० प्रतिशत ब्याज लाग्ने छ । यस्तै ५ देखि १० वर्षसम्मका लागि होम, अटो, अन्य रिटेल लोन लिँदा १५ प्रतिशत र १० वर्षदेखि बढी अवधिका लागि होम लोन र अन्य रिटेल लोन लिँदा १६ प्रतिशत ब्याज लाग्ने छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ